चुनौतीहरूका चाङमाथि बाबुराम -श्रीधर शर्मा

चुनौतीहरूका चाङमाथि बाबुराम -श्रीधर शर्मा


अन्ततः मुलुकको ३५औँ प्रधानमन्त्रीमा डा. बाबुराम भट्टराई निर्वाचित भए । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको र्समर्थनमा संविधानसभाको गठनपछि चौथो बहुमतीय प्रधानमन्त्री निर्वाचित भएका उनी सहमतीयको कुरा गर्दागर्दै बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चुनिए पनि उनका प्रति धेरैको आशा र भरोसा रहेको छ ।
राजनीतिक दलहरूबीच सहमति बन्न नसकेको, मुलुकमा अव्यवस्था र अराजकता व्याप्त भएको र जनतामा चरम निराशा उत्पन्न हुनुका साथै राजनीतिकर्मीप्रति नै घृणा उत्पन्न भइरहेको अवस्थामा जनताको भावना र मुलुकको आवश्यकतालाई राम्ररी बुझेका डा. भट्टराई सर्वोच्च कार्यकारीमा निर्वाचित हुनाले अब केही होला कि भन्ने आशा सबैतिर पलाएको छ ।
डा. भट्टराईले प्रधानमन्त्री निर्वाचित हुनासाथै सञ्चारकर्मीहरूसामु अभिव्यक्त गरेका विचारहरूले पनि उनीप्रति सबैमा थप सकारात्मक भावना जगाएको छ । उनले शान्तिप्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउने, अग्रगामी संविधान बनाउने, गरिबी, बेरोजगारी र महँगीबाट आक्रान्त जनतालाई राहत प्रदान गर्ने तथा मुलुकबाट भ्रष्टाचार र ढिलासुस्तीको अन्त्य गरी जनतालाई सुशासनको प्रत्याभूति दिनेजस्ता जुन प्राथमिकता बताए त्यसले उनी सकारात्मक सोचका साथ अघि बढनेछन् भन्ने आशा लिइएको छ । तर, भट्टराईको बाटो निष्कन्टक छैन । उनका सामु चुनौतीका चाङ छन् । उनको आफ्नै दलभित्र गुट ? उपगुट बनेका छन् । आफ्नै पार्टीको एउटा गुटबाट सडक आन्दोलनसमेत उनले व्यहोर्नु परिसकेको छ । यसरी उनका सामु आफ्नै दलभित्रको चुनौती एकातिर छ भने अर्कोतिर दुई दशकभन्दा लामो समयदेखि सत्ताकै सेरोफेरोमा रहेका नेपाली काङ्ग्रेस र एमालेजस्ता संसद्वादी दलहरू पहिलोपटक एकसाथ प्रतिपक्षमा रहेकाले उनीहरूको समेत सहयोग र र्समर्थन जुटाउँदै अघि बढ्ने चुनौती पनि उनका सामु छ ।
वर्तमान सरकारमा सहभागी मधेसी दलहरू सत्ताकै लोभमा पटकपटक टुक्रिएका कुराका हामी जानकार नै छौँ । यसपटक टुक्रिएका सबै एउटै पक्षमा उभिएका छन् । केहीले त ‘एमाले र काङ्ग्रेसको पक्षमा गयो भने ठूलो भाग नपाइने भएकाले मोलमोलाई गरेरै पनि माओवादीकै र्समर्थनमा जानु फाइदाजनक हुने ठानेर त्यतातिर तानिएको’ पनि बताइसकेका छन् । यस्ता समूहलाई सन्तुष्ट पार्दै सरकार टिकाइराख्ने चुनौती पनि भट्टराईसामु छ ।
यतिखेर भट्टराईले गणतन्त्र नेपालको प्रथम अर्थमन्त्रीको रूपमा कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका कुरा सबैले स्मरण गरिरहेका छन् । तर, एउटा मन्त्रालय सम्हाल्नु र पूरा देश सम्हाल्नुमा धेरै ठूलो अन्तर छ । यसैले उनको त्यतिखेरको सफलतालाई अहिलेको सन्दर्भसँग जोडेर हेर्नुको कुनै अर्थ र औचित्य छैन । यदि प्रधानमन्त्रीका रूपमा उनले सबै पक्षलाई मिलाएर अघि बढ्न सके, शान्ति र संविधानको जिम्मेवारी पूरा गर्दै मुलुकलाई वर्तमान अन्योलबाट निकास दिन सके भने उनी राजनेताको कोटीमा पुग्नेछन् भने त्यसो गर्न नसकी गुट ? उपगुटको घेरामा परे, प्रतिशोध र बदलाको भावनाले काम गर्न थाले र कुनै वादतर्फ ढल्केर लोकतन्त्रको नाममा लोकतन्त्र नै मास्ने षड्यन्त्रमा लागे भनेचाहिँ उनी अलोकप्रिय हुने मात्र नभई आजसम्मको साख पूरै मासिने खतरा पनि छ ।
यो एक्काइसौँ शताब्दीमा आएर जनवादको नाममा जनताका अधिकार कुण्ठित गर्ने र र्सवसत्तावाद लाद्ने योजना कुनै हालतमा सफल हुँदैन भन्ने सिद्ध भइसकेको विषय हो । ‘जनवाद’ जनताका नाममा जनतालाई नै बेवकुफ बनाउने शासन ? व्यवस्था हो भन्ने जगजाहेर नै छ भने अब पनि त्यही नीति र त्यही वादको सपना देख्नु र्व्यर्थ हो । सारा संसार नै एउटै गाउँमा रूपान्तरण भइसकेको वर्तमान अवस्थामा ती सपना देख्नु मर्ूखता मात्र हो । यसैले कमसेकम बुद्धिमान एवम् अध्ययनशील मानिएका नेता डा. भट्टराई यस्ता गलत बाटोतर्फ मुलुकलाई धकेल्ने गलत चेष्टा नगरी मुलुकलाई समृद्धिको मार्गतर्फ डोर्‍याउन सहयोगी बन्नेछन्, मुलुकमा आर्थिक क्रियाकलाप अभिवृद्धि गर्न र जनताको जीवनस्तर उकास्नका लागि आवश्यक उपयुक्त नीति तय गरी सबैको सहमतिमा अघि बढ्ने प्रयास गर्नेछन् भन्ने अपेक्षा गर्नु अनुचित हुनेछैन ।
खरो स्वभाव र स्पष्ट बोल्ने बाबुरामको बानीका कारण उनी आफ्नै दलभित्र बेलाबेला अप्ठ्यारोमा पर्ने गरेका छन् । सरकारको नेतृत्वमा गइसकेपछि अब उनका गतिविधि अझै नजिकबाट नियालिनेछन् । सानासाना कुरामा पनि आलोचना र विरोध हुन थाल्नेछ र यसमा सबैभन्दा अगाडि विरोधी गुटहरू नै आउनेछन् । यर्सथ उनकासामु दलभित्रैबाट थप चुनौतीको सामना गर्नुपर्नेछ । यसैले दलभित्रको सन्तुलन मिलाउने र सत्ता गठबन्धनलाई सन्तुष्ट राख्ने दोहोरो चुनौती उनका सामु रहनेछ । वैचारिक रूपले गठबन्धनका धेरै दल माओवादीसँग निकट छैनन् । यर्सथ यो जोखिम पनि हमेसा उनीसँग रहनेछ ।
यसरी डा. भट्टराई यतिखेर परीक्षाको घडीमा छन् । भनिन्छ चुनौतीमै अवसर हुन्छ । उनले बिना कुनै पर्ूवाग्रह काम गर्न सकेे, अवसरलाई चिन्न सके, पक्रन सके भने वाहवाही बटुल्न सफल हुनेछन् भने त्यसो गर्न नसक्दा उनको हविगत पनि झलनाथ खनालकै जस्तो नहोला भन्न सकिँदैन । यसैले उनको कार्यकालमा जनताको आशा र आकाङ्क्षामाथि कुठाराघात गर्ने काम नहोस्, कुनै पनि काममा आग्रह र पर्ूवाग्रह नराखियोस्, प्रशासनयन्त्रको राजनीतीकरण नहोस्, आमजनताले शान्तिसुरक्षाको अनुभूति गर्न सकून्, दलीय भागवण्डाको आधारमा होइन योग्यता र क्षमताको आधारमा जिम्मेवारी प्रदान गरियोस्, अराजकता र दण्डहीनताको स्थिति हटोस् ता कि डा. बाबुराम भट्टराई सिंहदरबारमा फोटो झुन्ड्याउने मात्र नभई नेपाली जनताका आशा र आकाङ्क्षा साकार बनाउन सफल प्रधानमन्त्री हुन् भन्ने अनुभूति सबैलाई हुन सकोस् । नवनियुक्त प्रधानमन्त्रीलाई हारि्दक बधाई एवम् सफलताको शुभकामना ।