एनएलजी इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद जारी गर्ने

एनएलजी इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद जारी गर्ने


एनएलजी इन्स्योरेन्स कम्पनीको १३औँ वार्षिक साधारणसभा हालै सम्पन्न भएको छ । असोज ८ गते राजधानीमा सम्पन्न भएको साधारणसभामा कम्पनीले ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने जानकारी गराइयो ।

बिमा समितिको नीतिअनुसार अब बिमा कम्पनीहरूले एक अर्ब चुक्ता पुँजी पुऱ्याउनुपर्ने भएकोले कम्पनीको गत जेठ १४ गते सम्पन्न विशेष साधारणसभाले सो पुँजी पुऱ्याउन ६० प्रतिशत हकप्रद सेयर जारी निर्णय गरेको थियो । यसका लागि नेपाल धितोपत्र बोर्डमा विवणपत्र दर्ता गरिसकिएको र कम्पनीको सञ्चालकहरूलगायत आधारभूत सेयरधनीलाई हकप्रद सेयरबापतको रकम अग्रिम रूपमा जम्मा गर्न बताइएको छ ।

कम्पनीको आ.व. ०७४–७५ को कुल बिमा शुल्क आम्दानी रु. १५० करोड ४८ लाख, खुद बिमा शुल्क आम्दानी रु. ६९ करोड १५ लाख र खुद नाफा रु. २४ करोड ७६ लाख रहेको सो अवसरमा जानकारी दिइयो । गत आर्थिक वर्षको तुलनामा ११.६८ प्रतिशतले वृद्धि भई ०७५ साल असार मसान्तमा रु. १९६ करोड पुगेको र आ.व. ०७५–०७६ मा कम्पनीको कुल कारोबार ०७४–७५ कोे तुलनामा १०.६८ प्रतिशतले वृद्धि भई, रु. १६६।५६ करोड बिमा शुल्क आर्जन गरेको छ ।

कम्पनी ०७५–७६ मा थप ११ उपशाखा तथा १७ एक्सटेन्सन काउन्टरहरु सञ्चालनमा ल्याएको सो अवसरमा जानकारी दिइयो । यसैगरी कम्पनीले ०७४–७५ मा नेपाली कला साहित्य उत्थानको उत्थान गरेको भन्दै कलासाहित्य डटकमलाई साहित्यिक पुस्तक प्रकाशन, स्रष्टा सम्मान तथा पुरस्कार तथा कर्णाली अञ्चलबाट सामुदायिक विद्यालयमा अध्ययन गरी एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको गरेको थियो ।