८ मंसिर २०७७, सोमबार

अर्थनीति बदल्दै साउदी अरबले पर्यटकका लागि खुल्ला गऱ्यो देश

  प्रकाशित मिति
११ आश्विन २०७६, शनिबार ०३:१४


तेलको व्यापारमा आधारित अर्थतन्त्र रहेको मुलुक साउदी अरबले पर्यटनलाई समेत देशको आर्थिक श्रोत बनाउने भएको छ । नीति परिवर्तन गर्दै साउदी अरबले पहिलो पटक पर्यटकहरुलाई पनि देशमा प्रवेशाज्ञा दिने निर्णय गरेको छ ।

अति रुढीवादी मुस्लीम मुलुक साउदी अरबले शुक्रबार पर्यटकहरुलाई पनि स्वदेशमा स्वागत गर्ने घोषणा गरेको हो ।

तेलको व्यापारमा आधारित अर्थतन्त्र रहेको यस मुलुकमा अवदेखि पर्यटनलाई पनि अर्थतन्त्रको अर्को पाटोको रुपमा विकास गर्न लागिएको बताइएको छ ।

घुम्नका लागि विदेशी नागरिकहरुलाई खुल्ला गरिएपनि केही सर्त भने कडा बनाइएको एएफपीले जनाएको छ । विषेश गरेर महिलाका लागि पहिरनमा आचारसंहिता नै बनाइएको अधिकारीहरुले जनाएका छन् ।

विश्व पर्यटन दिवसकै दिन आएको साउदी अरबको यो घोषणाले विश्वको पर्यटन क्षेत्रको दायरा थप फराकिलो भएको विज्ञहरुले बताएका छन् ।

‘हामीले आज इतिहास रचेका छौँ,’ देशका पर्यटन प्रमुख अहमद अल खातिबद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

उनको विज्ञप्तिमा लेखिएको छ, ‘हामीले पहिलो पटक संसार भरका पर्यटकहरुका लागि साउदी अरबलाई खुल्ला गरेका छौँ ।’

विश्वका ४९ देशका व्यक्तिहरुले अनलाइनमार्फत् प्रवेशाज्ञाका लागि निवेदन दिनसक्ने व्यवस्था गरिएको पनि उनले जानकारी दिएका छन्। प्रवेशाज्ञा पाउन अमेरिका, अष्ट्रेलिया, युरोपेली देशहरुलगायत रहेको वक्तव्यमा जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पूर्व-पश्चिम राजमार्गको राप्ती नगरपालिका-६ हर्दीस्थित राजमार्गमा सोमबार साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । भारतीय

विशेष प्रतिनिधि, कपिलवस्तु कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटलाई सामान्य सन्दर्भको रुपमा चित्रित

सबै प्रहरीले अनुशासित, मर्यादित र सभ्य भएर नागरिकसँग व्यवहार गर्नुपर्नेमा जोड ■ सनत आचार्य महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख

सोमबार नेपालमा थप १,९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २,२२,२८८ पुगेको