कचपल्टिएको निन्द्रा : गुजुल्टिएको सत्य !

कचपल्टिएको निन्द्रा : गुजुल्टिएको सत्य !


■ बलराम सिलवाल

हिटलरले यहुदी, परशुरामले क्षत्री र पृथ्वीनारायण शाहले जैसी विनाश गर्नुमा समान कारक तत्व थियो–प्रतिशोध । एकजना बिराउने अर्को पिराउने । द्रौपदीले दुर्योधनलाई ‘कानाको छोरो’ नभन्देको भए महाभारत सङ्ग्राम मच्चिने थिएन । असल असलसित मिल्छ, कमसल कमसलसितै मिल्छ । कमसलले असलको खेदो खन्छ । पराईभन्दा घरायसी शत्रु खतरनाक । भेदखोला विभीषणले रावणको सर्वनाश गर्यो ।

बेरोजगार बजारमा थुप्रिन्छ । आफू उन्नति गर्न नसक्ने अनि अर्काको डाढो गर्छ । चरित्रहीन आशाराम बापु । तनाउयुक्त छ आजको समाज । कसैलाई व्यापार चौपट भएको पीर त कसैलाई पुत्रवती हुन नपाएको पीर । कसैलाई श्रीमतीले छोडेको पीर त कसैलाई लोग्ने छोडेको पीर । अकुत पीर अथाह पीर । पीरैपीर तनाव नै तनावमा घिस्रिँदो छ जिन्दगानी ।

दुर्इ नम्बरी काम दण्डहीन । नवधनाढ्यको बढोत्तरी । निम्नकोटिका मनुवाहरू निकृष्ट हुन्छन्, बौद्धिक व्यक्तित्वले सकारात्मकता र सभ्यता सिकाउँछ । हीनग्रन्थीले मान्छेलाई पङ्गु बनाउँछ । बाँच्नको लागि संघर्ष गर्नुपर्छ, त्यसको निम्ति आफूलाई सुपेरियर ठान्नुपर्छ । फिका निलो थोप्लोको रहस्य बुझेपछि स्वाभीमान रहन्छु, अहमत्याइँ बिलाउँछ । पानी–सर्प र गोमन–सर्पको भेद छुट्याउन नसक्ने पत्रु मान्ठाहरू ।

जोई/पोईको कुभलो चिताउने पोई/जोई भेटिन्छ भने अरुको त के विश्वास ? मान्छे सत्कर्म र साहित्यले बाँच्छ । कृष्णामानवको कृष्णामन । पतितले अरुलाई पतित तुल्याउँछ । रोल्पाको सदरमुकाम लिवाङ होइन थवाङ हो भन्ने जिद्दीवालको कमी छैन ।
तथाकथित दलहरूले गरिबीमा आफ्नो सफलता देखेसम्म गरिबी न्यूनीकरण हुन्न, सुकुम्बासी समस्याझैं । दुःख सुख बाँड्न कहाँ सकिन्छ र रोबोटजस्ता मान्छेहरूसित ? एक पित्को मानवता छैन । शक्तिको उत्पति बन्दुकको नालबाट हुन्छ र संसद भनेको खसीको टाउको झुण्डयाएर कुकुरको मासु बेच्ने पसल हो भन्नेहरु खाटी संसदवादी भैसके । अमेरिकालाई सामाजिक साम्राज्यवादी र भारतलाई विस्तारवादी भन्नेहरू अमेरिकाली र भारतेलीसामु लम्पसार भैसके । बोली र व्यवहारको फरक ।

मान्छेको स्वभाव ताजुबलाग्दो । आधी समय सुतेर बिताउँछ, बाँकी समय परनिन्दामा बिताउँछ । ईश्वर भन्नु नै बाबुआमा हुन् । पूण्य कमाउन चारधाम चहार्नुपर्दैन । बाबुआमा धरधरी नरुवाऊ । अधम जन्माउनुमा केको पूर्जन ? नास्तिकताले मान्छेलाई भ्रष्ट र दुःखी तुल्यायो । पापी बढे, धर्मात्मी रहेनन् । आत्मालोचना नगर्ने मनस्तापी मनुवाहरु । सर्दार खनालझैं क्लासिकल बन्न सकिएन । विकासी भाटले सत्य बिटुल्यो । भ्रष्टाचारीहरु ऐजेरुझैं पलाएको पलाए । पानीको फोकाझै छन्–विभिन्न वादहरु ।

शक्तिको उत्पति बन्दुकको नालबाट हुन्छ र संसद भनेको खसीको टाउको झुण्डयाएर कुकुरको मासु बेच्ने पसल हो भन्नेहरु खाटी संसदवादी भैसके । अमेरिकालाई सामाजिक साम्राज्यवादी र भारतलाई विस्तारवादी भन्नेहरू अमेरिकाली र भारतेलीसामु लम्पसार भैसके । बोली र व्यवहारको फरक ।

संसार गोलो र चेप्टोको विवादमा रुमलियो । सजीवको उत्पत्ति सजीवबाट हुन्छ निर्जीवबाट होओइन । राजनीतिक वादहरुले जनता झुक्याए । लालबुझक्कड च्यापसलमा दर्शन छाँट्छ । बथुरीलाई अर्काको कुरो नकाटेसम्म खाएको पच्दैन । पितामाता गुरुनिन्दक पागल जन्तु हो । सबै मान्छे देवकोटा बन्न सक्दैन । शिक्षालयहरू बेरोजगार उत्पादन गर्ने कारखाना । कमिस्टे पूँजीवादमा रमेको छ । सिकन्दरको खुला हातको रहस्य बुझ्ने को छ र ? ६ फिट जग्गा भए पुग्ने असन्तोकी मनुवा । भ्रष्टाचारी पालिक ?! शकुनीय कपटाचार । ठेलीकाठेली सिद्धान्तहरू निरर्थक ।

धनले नाता टुटाउँछ । परस्त्री/परपुरुषबीच लक्ष्मणरेखा मेटिँदै । घोर अनर्थ घोर कलिजुग । मैला मैला हो । जोडरसमा परमानन्दनुभूति गर्छ आजको मनुवा । मोक्षहीनता गुहेकिरोझैं । एउटा सामन्त मासिन्छ अर्को सामन्त जन्मिन्छ । अङ्कल सामको साम्राज्य । पारिवारिक सुख पाउन त आफ्नो सुवासिनी वा खसम राम्रो देख्नुपर्छ । नेपालीको कस्तो उल्टो बुद्धि ?! कोही मान्छेले पराई मुलुकको ग्रीनकार्ड वा पीआर पाएर विदेशी हुँदा हामी उसलाई उक्साउँछौं, बधाई दिन्छौं । ऊ नेपालीत्व त्याग्न पाएकोमा फुरुक्क पर्छ । तेरीमा गाँठे ।

भ्रष्टाचार शून्य सहनशीलता अनुत्तीर्ण । ल्वाँदे हेडमास्टर ल्वाँदे मास्टर । कर्मवादी हुनुपर्छ, भाग्यवादी हैन । असल जीवन असल विचार । परधर्म भयावह । समयनिष्ठता । नेताको पुच्छर बन्नु हुन्न । राजनेताविहीनता । कर्तव्यपरायणता । सकारात्मकता । सिद्धान्तवादीता । टुपी पालेर रक्सी धोक्नुहुन्न । मित्रु कम साथी बेसी । दुई नम्बरी दुई नम्बरी । शोकमग्न मलामीहरू सागरतिर लाग्छन् । कात्रोबाट लास चिहाउँछ । अस्तु ।