राजनीतिका तीन पात्र र प्रवृत्ति -राजनप्रसाद पन्त

राजनीतिका तीन पात्र र प्रवृत्ति -राजनप्रसाद पन्त


नेपालको राजनीतिको गाँठो खुकुलिन सकेको छैन । शान्तिप्रक्रिया र संविधानलेखनको सरि्कंदैनसरि्कने किसिमले अन्योलमा परेको मेलो एकीकृत नेकपा माओवादीले गत साता क्यान्टोन्मेन्टको साँचो विशेष समितिलाई बुझाएपछि केही गति लिन लागेझैँ देखिए पनि संविधान लेखिने थलो नै भासिने पो हो कि भन्ने आशङ्काको बादल खारिन सकेको छैन । राजनीतिक अशान्ति, अस्थिरता र द्वन्द्वको बाटो फराकिलो बन्दै जाने आशङ्काले आमनागरिकलाई पिरोलिरहेको छ । आपसी अविश्वास, घोचपेच र एक ? अर्काप्रति दोषारोपण राजनीतिको गहना बनेका छन् । जनता निराश छन्, जनप्रतिनिधि घृणाको पात्र । जनताको बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धि संस्थागत नभई इतिहासको गर्भमा असफल दर्ज हुने हो कि भन्ने आशङ्का बढेको छ ।
नेपालका राजनीतिक दल र यसका प्रमुख पात्रहरूको भूमिका, सोचाइ, चिन्तन, अभिव्यक्ति, व्यक्तिगत जीवनशैली र व्यवहारमा देखिने प्रवृत्तिले पनि समग्र राजनीतिक जीवन प्रभावित छ । नेपालका प्रमुख तीन दल र यसलाई नेतृत्व गर्ने तीन पात्र पुष्पकमल दाहाल ‘प्रचण्ड’, सुशील कोइराला र झलनाथ खनाल राजनीतिक गाँठो फुकाउन एक भएमा यो कार्य सम्भव छ भन्ने सबैलाई लागेको छ । तर, समस्या कहाँनेर छ र यी तीन पात्रको वैचारिक मात्र नभएर व्यक्तिगत र व्यावहारिक जीवन र राजनीतिक शैलीमा देखिने भिन्नता कुन स्तरमा रहेको छ त्यसले पनि समस्यामा कुन हदसम्म प्रभाव पारेको छ भन्ने बुझन सहज हुनेछ । समस्या धेरै हदसम्म नेपाली काङ्ग्रेस र एनेकपा माओवादी अर्थात् सुशील कोइराला र पुष्पकमल दाहालबीचको विरोधाभाषपूर्ण मान्यता भइरहेको देख्ने धेरै छन् । यही तथ्य हो भनीकन नेकपा एमाले (एवम् अध्यक्ष झलनाथ खनाल)ले वर्तमान राजनीतिक सङ्कट यी दुई (माओवादी र काङ्ग्रेस) भएकाले आफूलाई दुई फरक धार र मान्यतामा सञ्चालित राजनीतिक आस्थाको ‘सन्तुलक’का रूपमा मात्र उभ्याएको छ । जसको आफ्नो कुनै मान्यता र दृष्टिकोण छैन । उनीहरू आफूलाई दुई मान्यताको संयोजनकर्ता मात्र ठान्दछन् । तर्सथ, यसका बारेमा धेरै चर्चा गर्नुभन्दा यसै अर्थमा बुझदा पुगिहाल्छ जस्तो लाग्दछ ।
प्रचण्डजी एक पात्र ? जनयुद्घको संयोजनकर्ता, र्सवहारा, उपेक्षित, पीडित र शोषित वर्गको प्रतिनिधित्व गर्ने पार्टीको अध्यक्ष, नेता ।
सुशील कोइराला राष्ट्रियता लोकतन्त्र समाजवादको आदर्श व्यक्तिको स्वतन्त्रतामा विश्वास गर्ने र शान्तिपूर्ण सङ्क्रमणका साथ नेपालको विकास र समृद्घकिो परिकल्पना गर्ने पार्टीको सभापति, नेता । प्रचण्ड र सुशीलजीमा एउटा विशेषतामा मात्र समानता पाइयो, त्यो भनेको आफ्नो पार्टीलाई मिलाएर एकताबद्घ ढङ्गले साथ लिएर हिँड्न सक्ने । यसबाहेक विचार, सिद्घान्त, बोली ? व्यवहार, निष्ठा, र्समर्पण, त्यागका दृष्टिले यी दुई पात्रको बीचमा कुनै किसिमको समानता देखिँदैन ।
कुनैबेला प्रचण्डजी प्रधानमन्त्री हुँदा अखबारमा छापिएको थियो ? बालुवाटारमा प्रधानमन्त्री सुत्नका लागि डेढ लाखको पलङ किनियो । जुनबेला सुशील कोइराला आफ्ना भान्जा रमेशजीको आश्रयमा बस्नुहुन्थ्यो र उहाँ सुत्ने कोठा र सबैलाई भेटघाट गर्ने कोठा एउटै थियो । भुइँमा बिस्तरा, कापी ? कलम, पुस्तक, टेलिफोन, टेलिभिजन, पत्रपत्रिका सबै त्यहीँ नै हुन्थ्यो । भेट्न आउनेलाई त्यहीँ कालो चिया आउँथ्यो, सबै सन्तुष्ट । उहाँसँग गाडी ? घोडा केही थिएन । कहिलेकाहीँ आवश्यक पर्दा साथीभाइहरूको गाडी प्रयोग गर्नुहुन्थ्यो अन्यथा ट्याक्सीको यात्रा हुन्थ्यो । सुरक्षा तामझाम केही थिएन, व्यक्तिगत एक सहयोगी लक्ष्मण ढकाल मात्र । सुशीलजीको आफ्नो परिवार छैन, अविवाहित, पार्टीलाई नै आफ्नो परिवार भन्न मन पराउनुहुन्छ । लाभको पदका लागि कहिल्यै प्रयत्न गर्नुभएन, अवसर नआएको भने होइन । लोकतान्त्रिक आन्दोलनमा आधा शताब्दी बिताउनुभयो । सरल जीवन, उच्च सङ्घर्ष स्पष्ट अडान र लोकतन्त्रप्रतिको अटुट आस्था र निष्ठा शान्तिपूर्ण सङ्घर्षमा विश्वास उहाँको राजनीतिक छवि हुन् । उहाँले भदौ ९ गते आफ्नै निवासमा भएको पत्रकार सम्मेलनमा भन्नुभयो, ‘माओवादीले हत्या, आतङ्क र हतियारको राजनीति गरून् तर हामी वैचारिक लडाइँ लडिरहन्छौँ ।’ यो उहाँको शान्ति र वैचारिक विजयको सुनिश्चितताप्रति दृढविश्वास थियो । जनता जित्छन् हतियार र हिंसा हार्छन्, यो अटुट विश्वास र आत्मबल उहाँमा छ । हतियारबलभन्दा आत्मबल बलियो हुन्छ । जो कायर हुन्छ, ऊ हतियारमा विश्वास गर्छ भन्ने अनुपम उदाहरण हो यो । महात्मा गान्धीले अङ्ग्रेजसँगको लडाइँमा हिंसामा विश्वास गर्ने क्रान्तिकारीहरूले अहिंसाबाट अङ्ग्रेजहरूलाई परास्त गर्न सकिँदैन तर्सथ हतियारबाटै अङ्ग्रेजविरुद्घ लड्नुपर्छ भन्ने प्रस्तावलाई अस्वीकार गर्दै भन्नुभएको थियो, ‘अङ्ग्रेजहरूसँग अत्याधुनिक हतियारहरू छन्, जो हामीहरूसँग छैन ! हामी त्यस्तो हतियारको प्रयोग गर्नुपर्छ जो उनीहरूसँग छैन, त्यो भनेको आत्माको तरबार हो ।’ तर्सथ नैतिक बल र शान्तिपूर्ण सङ्घर्षमा जुन शक्ति त्यो बन्दुक र बारुदमा छैन । हालै भारतमा गान्धीवादी नेता अन्ना हजारेको आन्दोलन कुनै पनि बन्दुक र बारुदभन्दा शक्तिशाली रहेन । नेपालमै पनि ०६२/०६३ को आन्दोलनले प्रमाणित गरिसकेको छ । ०५२ सालमा माओवादीले हतियारकै बलमा सत्ता परिवर्तन गर्ने परिकल्पना गरेका थिए । तर, १० वर्षोको अनवरत प्रयत्नका बाबजुद त्यो परिकल्पना साकार हुन सकेन । जब १२ बुँदे समझदारी भयो । सात दल र माओवादीले संयुक्त रूपमा शान्तिपूर्ण आन्दोलनको आहान गरे त्यसले सार्थक परिणाम ल्यायो र शान्तिपूर्ण आन्दोलनको विजय भयो । सुशील कोइराला शान्तिपूर्ण सङ्घर्षबाट आउने परिवर्तन स्थायी र दिगो हुन्छ भन्ने विश्वास गर्नुहुन्छ । शान्तिप्रति उहाँको अटुट आस्था र निष्ठा तथा जनताप्रतिको भरोसा र लोकतन्त्रप्रतिको प्रतिबद्घता नै उहाँको राजनीतिको ऊर्जा हो । उहाँमा वाकपटुता छैन तर बोलीको ठेगान भने छ । बोल्ने र गर्नेमा ठूलो अन्तरविरोध देखिँदैन । भित्र एउटा बाहिर एउटा बोल्ने तथा रणनीतिक चालबाजी उहाँमा देखिँदैन ।
प्रचण्डजी राजनीतिक जीवनमा युद्घबाट चर्चित हुनुभयो । भूमिगत कालको रहस्य र रोमाञ्चले उहाँलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गरायो । झन्डै २०/२५ वर्षको राजनीतिक जीवनमा उहाँको १० वर्षो युद्घकाल सङ्घर्षमय रह्यो । तर, उहाँको युद्घकाल बहुस्वीकृतिको अभियान भने रहेन । युद्घ, अशान्ति सबैका लागि प्रायः हुँदैनन् । प्रचण्डजीका लागि तामझाम पनि प्रिय छन् । डेढ लाखको पलङमा आराम गर्ने अभिलाशाले उहाँको विलासी आकाङ्क्षालाई प्रतिविम्बित गर्छ । उहाँको परिवार, घरबार, नातागोता पनि ठूलै छन् । ठूलो सुरक्षा घेरा, महँगा गाडी पनि उहाँका लागि प्रिय नै छन् । उहाँमा र्सवहाराको सरलताको कुनै छनक छैन । आफ्नै छोरालाई पार्टीमा काम लगाएको र विदेश भ्रमणमा लगेको विषय पनि र्सार्वजनिक रूपमा टीका ? टिप्पणी भएकै हो । प्रचण्डपत्नीले पार्टीका अध्यक्षलाई पार्ने प्रभावबारे दमित स्वरमा पार्टीभित्र उठ्ने गरेको पनि देखियो । पार्टीभित्र आर्थिक पारदरि्शता नभएको आरोप वरिष्ठ नेताहरूले गरेका छन् । प्रचण्डजीमा राजनीतिक शक्तिको स्रोत जनता र जनताको मतभन्दा पद, पैसा र बन्दुक नै हो भन्ने विश्वास देखिन्छ । यसलाई उहाँ राजनीतिको आधार मान्नुहुन्छ । वाकपटुता भएको तर बोली र व्यवहारको ठेगान नभएको, धेरै प्रतिबद्घता जाहेर गर्ने, दोहोर्‍याइरहने तर व्यवहारमा नउतार्ने नेताका रूपमा हेरिने गरिन्छ । उहाँ रणनीतिकारका रूपमा कुशल पनि हुनुहुन्छ । बाहिर र भित्र फरक रूपमा प्रस्तुत हुन उहाँ निकै खप्पिस हुनुहुन्छ । पार्टीभित्र एउटा विचार र पार्टीबाहिर अर्को विचार प्रस्तुत गरेर पनि दुवैलाई आश्वस्त तुल्याउन सक्ने उहाँको विशेषता नै हो । विगतको कार्यकर्तालाई प्रशिक्षण दिँदाको टेपरेकर्डले यसको पुष्टि गर्छ । लोकतन्त्रप्रतिको प्रतिबद्धताका हिसाबले उहाँमा द्विविधा छ । २१औँ शताब्दीको लोकतन्त्र भन्न मनपराउने प्रचण्डजी विपरीत विचारको संयोजन अर्थात् परम्परागत एकदलीय तानाशाही कम्युनिस्ट शासन र लोकमतमा आधारित बहुदलीय शासन व्यवस्थाको फ्युजनको रूपमा विकास गर्न चाहनुहुन्छ । जसको स्पष्ट अर्थ हुन्छ लोकतान्त्रिक र नियन्त्रित शासन प्रणाली । उहाँको पार्टीले प्रस्तावित गरेको न्यायिक प्रणाली, शासकीय स्वरूप, निर्वाचन प्रणाली, बहुलवादको निषेधले यही राज्य ? व्यवस्थाको परिकल्पना गरेको देखिन्छ ।
राष्ट्रियताका सवालमा प्रचण्डजी राजासँग पनि सहकार्य गर्न तत्पर देखिनुहुन्छ । जनयुद्घकालमा राजासँग एकता भएको अभिव्यक्ति पनि आएको हो । यसको प्रमाण होलरी काण्डमा तत्कालीन शाही नेपाली सेनाले सरकारको आदेशको अवज्ञा गरी माओवादीसँग हात मिलाएर फर्केको दृश्य पनि ताजै छ । चर्को रूपमा भारतविरोधी देखाएर भारतसँग सुरुङयुद्धको समेत तयारी गर्ने माओवादी जनयुद्धको तयारीदेखि सञ्चालनसमेत भारतमा बसीकन गरेकै हो र गिरिजाप्रसाद कोइरालाले १२ बुँदे समझदारी नेपालभित्रै गरौँ भन्दा सुरक्षाको कारण देखाई भारतीय पक्षलाई साक्षी किनारामा सही गर्न लगाएर सम्पन्न गर्ने काम प्रचण्डजीबाटै भएको हो ।
सुशील कोइराला भारतमा निर्वासनमा रहँदा जुन अपमान र हीनताबोधको महसुस गर्नुभयो त्यसलाई उहाँले कहिल्यै प्रकट गर्नुभएन । राष्ट्रियताका नाममा कहिले पनि उसविरुद्ध विषवमन गर्नुभएन । तर, राष्ट्रियताप्रतिको दृढसङ्कल्प र व्यावहारिक पक्षलाई उहाँले आत्मसात् गरिरहनुभएको देखिन्छ । राजालाई शान्तिपूर्ण रूपमा बहिर्गमन गरिसकेपछि पनि राष्ट्रियताको पक्षपोषण गर्ने संस्थाको रूपमा ग्रहण गर्नुभएन । यी पात्र र प्रवृत्तिले राजनीति विकास र वर्तमान समस्यामा अर्थ राख्छ भन्ने उद्देश्य पङ्क्तिकारको रहेको छ । विचार, सिद्धान्त र दृष्टिकोण मात्र होइन शैली, स्वभाव र आचरणका दृष्टिकोणले देखिने यी भिन्नता पनि वर्तमान राजनीतिक समस्याका कारण हुन सक्छन् भन्ने लाग्दछ ।
(लेखक नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ ।)