नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान आउँदै

नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान आउँदै


■ आरके श्रीवास्तव, ओमान

ओमानमा हुने टि-२० पंचकोणीय श्रृंखलाको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली यहाँ आइपुग्दैछ । आगामी अक्टोबर महिनाको ०३ तारिक देखि ११ तारिक सम्म हुने पाँच राष्ट्र सम्मिलित क्रिकेट खेलमा सहभागी हुन नेपाली टिम आउने भएको हो ।

श्रृंखलामा आयोजक राष्ट्र आमान, नेपाल, नेदरल्यान्ड, आयरलैण्ड र हङकङ प्रतिस्पर्धा गर्दैछन् । ०३ अक्टोबर २०१९ बिहीबारका दिन नेपाली टिम आमान आइपुग्ने जनाइएको छ । अक्टोबर ०४ तारिक शनिबारका दिन अभ्यास खेल खेल्नेछ भने आइतबार हङकङ, सोमबार नेदरल्यान्ड, बुधबार आयरलैण्ड र बिहीबार आमानसंग अन्तिम खेल खेल्नेछ । मंगलबार भने टिम विश्राम गर्ने बताइएको छ । ११ अक्टोबर २०१९ शुक्रबार टोली फर्कनेछ ।

ओमानको राजधानी मस्कटस्थित ओ.सी. टर्फ एमारत खेल मैदानमा सम्मपूर्ण खेल हुने जनाइएको छ । ओमान भ्रमणमा नेपाली टिमलाई उत्कृष्ट क्रिकेट टिम बनाउने अवसरको रूपमा लिइएको छ ।

यसैबीच नेपाली राजदूतावास मस्कट ओमानले सुचना जारी गरी खेलको समयमा सहभागी भई आफ्नो राष्ट्रिय टोलिको हौसला बढाउन हुन ओमानमा बस्नु हुने सम्पूर्ण नेपालीमा अनुरोध गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टिम ओमानमा आउने सुनेपछि यहाँ बस्ने नेपालीहरू उत्साहित बनेका छन् । हरेक खेलमा धेरै संख्यामा नेपाली टिमका समर्थकहरू उपस्थिति रहने अनुमान गरिएको छ ।

नेपाली टिम :

पारस खड्का (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, विनोद भण्डारी, सन्दीप लामिछाने, सन्दीप जोरा, ललितनारायण राजवंशी, पवन सर्राफ, अभिनास बोहरा, कुशल मल्ल, आरिफ शेख, रोहितकुमार पौडेल, सुसन भारी, इशान पाण्डे

ओमानमा हुने सिरिजमा नेपालको खेल तालिका यसप्रकार छ :

१. आइतबार ६ अक्टोबर २०१९ दिउँसो १ः३० बजे ओ.सी. टर्फ, एमारत, नेपाल भर्सेस हङकङ
२. सोमबार ७ अक्टोबर २०१९ विहान ९ः३० बजे ओ.सी. टर्फ, एमारत नेपाल भर्सेस नेदरल्यान्ड
३. मंगलबार ८ अक्टोबर २०१९ विश्राम
४. बुधबार ९ अक्टोबर २०१९ विहान ९ः३० बजे ओ.सी. टर्फ, एमारत नेपाल भर्सेस आयरलैण्ड
५. बिहीबार १० अक्टोबर २०१९ दिउँसो १ः३० बजे ओ.सी. टर्फ, एमारत नेपाल भर्सेस ओमन
६. शुक्रबार ११ अक्टोबर २०१९ फिर्ता