दशैँका लागि बसको टिकट खुल्यो, हेर्नुहोस् कहाँ जान कति लाग्छ भाडा ? (सूचीसहित)

दशैँका लागि बसको टिकट खुल्यो, हेर्नुहोस् कहाँ जान कति लाग्छ भाडा ? (सूचीसहित)


नेपालीहरूको महान् चाड दशैँ मनाउन उपत्यकाबाहिर जाने यात्रुका लागि आइतबार (आज) बाट गाडीको अग्रिम टिकट बुकिङ खुलेको छ ।

दशैँका लागि उपत्यकाबाहिर जान यातायात कम्पनीहरूले आज (असोज ५ आइतबार) बिहानबाट दशैँका लागि टिकट बुकिङ सुरु गरेका हुन् ।

दशैँमा उपत्यकाबाहिर जान टिकट निश्चित गर्न हजारौँ मानिस उपत्यकाका कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाति र लगनखेललगायतका स्थानमा खुलेका टिकट काउन्टरमा पुगेका थिए ।

लामो दूरीमा चल्ने बसको टिकट बुकिङ खुले पनि काठमाडौं उपत्यकानजिकका जिल्लामा जाने यात्रुका लागि भने टिकट बुकिङ केही दिनपछि मात्र खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

यातायात व्यवसायीले दशैँअघि नै भाडा बढाउन आग्रह गरे पनि सरकारले दशैँअघि सवारीसाधनको भाडा बढाउन नसकिने बताएसँगै यात्रुले पुरानै मूल्यमा यात्रा गर्न पाउने भएका छन् ।

यसपटकको दशैँमा करिब ३५ लाख मानिसले काठमाडौं छाड्ने अनुमान छ ।

कहाँ जान कति भाडा ?

[gview file=”https://ghatanarabichar.com/wp-content/uploads/2019/09/PDF.pdf”]