पत्थरीको अप्रेसन गर्दा बिरामीको मृत्यु भएपछि ओम अस्पतालमा तनाव

पत्थरीको अप्रेसन गर्दा बिरामीको मृत्यु भएपछि ओम अस्पतालमा तनाव


उपचारको क्रममा चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै बिरामीका आफन्तको विरोधका कारण चाबहिलस्थित ओम अस्पताल तनावग्रस्त भएको छ ।

पत्थरीको अप्रेसन गर्न शनिबार अस्पताल गएकी धादिङकी २९ वर्षीया अनिता गुरुङको चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै उनका आफन्तले अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।

मृतक गुरुङका आफन्तले सानो शल्यक्रिया गर्दा पनि बिरामीको मृत्यु हुनुमा डाक्टरको लापरबाही रहेको भन्दै अस्पताल परिसरमा तोडफोडसहित नाराबाजी गरेका छन् ।

जेठ २३ मा पनि सो अस्पतालमा पित्तथैलीको अप्रेसन गर्ने क्रममा सिन्धुपाल्चोककी ५० वर्षीया रामप्यारी थापाको मृत्यु भएको थियो ।