अमृताको ‘हजुरआमाका कथा’ बजारमा

अमृताको ‘हजुरआमाका कथा’ बजारमा


लेखक अमृता लम्सालले लेख्नुभएको ‘हजुरआमाका कथा’ बजारमा आएको छ । तेइस हजुरआमाका त्यसबेलाका जीवनका अनुभव पुस्तकमा समेटिएका छन् ।

नारी मौनतालाई आदर्श भनेर परिभाषित गरिएको समयमा हुर्किएका हजुरआमाहरुले आफ्ना जीवनमा भोगेका कुरा सुनाएको आधारमा उक्त पुस्तक तयार पारिएको हो । दुई सय ६३ पृष्ठको सो पुस्तकको मूल्य रु ४६० छ ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा त्रिवि केन्द्रीय विभागका प्रमुख डम्बर चेम्जोङ्गले लेखक लम्सालले वृद्धा आमाको जीवन कथा बजारमा ल्याएर उनीहरुको इतिहासलाई युवासमक्ष पु¥याउने महत्वपूर्ण काम गरेको बताउनुभयो । उहाँले त्यसबेला महिलाहरु शोषित अवस्थामा रहेको तथा हाल वृद्धाहरु ओझेलमा रहेको र उनीहरु वृद्धाश्रममा बस्नु परेको प्रसङ्ग उल्लेख गर्नुभयो ।

अर्का टिप्पणीकार भारती पोखरेल सिलवालले साधारण महिलाको चित्रण गर्न खोजिएको पुस्तकमा समाज रुपान्तरण हुन नसकेको बेला महिलाहरु बालविवाह, बहुविवाह, कर्मघर, जन्मघर, पुतलीको खेल, बालश्रीमतीलगायत समस्या बेहोर्नुपरेको बताउनुभयो ।

लेखक लम्सालले नेपालको सामाजिक संरचना बदल्न आफूले बलपूवर्क हजुरआमाका व्यथा समाजसमक्ष ल्याएको खुलासा गर्नुभयो ।