पूर्वसांसद दाहालको निधन

पूर्वसांसद दाहालको निधन


पूर्वसांसद हरि वैरागी दाहालको ६२ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । वि.सं. २०५१ को मध्यावधि निर्वाचनमा संखुवासभा निर्वाचन क्षेत्र नं. २ बाट नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)को प्रतिनिधित्व गर्दै दाहाल सांसद निर्वाचित भएका थिए ।

राजनीतिका अलावा साना जलविद्युत् विकासको अभियानकर्मीका रूपमा स्थापित दाहाल ‘कोल्डस्ट्रोल’ रोगबाट पीडित भएको पारिवारिक सदस्य योगेन्द्रविजय दाहालले जानकारी दिए । पूर्वसांसद दाहालको उपचारका क्रममा मनमोहन कार्डियोलोजी अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको हो । ०१४ कात्तिक २८ गते मादी गाउँपालिका–५ संखवासभामा पिता यज्ञरत्न दाहाल र माता फाल्गुकुमारीको कोखबाट जन्मेका दाहालका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

दाहालको पार्थिव शरीरलाई बिहान धुम्बाराहीस्थित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । पार्टी महासचिव विष्णु पौडेलले पार्टी कार्यालयमा उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । उनको आजै दिउँसो दिउँसो १ः०० बजेपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।