नागरिक उड्डयनको पूरानो १ अर्ब बक्यौता नउठ्ने पक्का

नागरिक उड्डयनको पूरानो १ अर्ब बक्यौता नउठ्ने पक्का


  • छविलाल बगाले

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा २० वर्षअघिदेखि वायु सेवा कम्पनीहरुसँग असुली गर्नुपर्ने बक्यौता रकम १ अर्ब माथि छ ।

नेपाल नागरिक उडडयन प्राधिकरणले कम्पनीहरुलाई पटक पटक निर्देशन दिएपनि अहिलेसम्म बाकी रकम भुक्तानी हुन सकेको छैन् । रकम नतिर्ने अधिकांश एयरलाइन्स बन्द भइसकेका छन् ।

प्राधिकरणलाई स्वदेशी तथा विदेशी एयरलाइन्सले १ अर्ब बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणका निर्देशक गोबिन्दप्रसाद दहाल बताउँछन् । उनका अनुसार बक्यौता रकम लगभग नउठ्ने प्राधिकरणको निष्कर्ष छ । बक्यौता नतिर्नेमा नेपालमा संचालनमा रहेका र बन्द भइसकेका विभिन्न वायुसेवा कम्पनीबाट ठूलो रकम उठ्न बाँकी देखिएको हो ।

कुन एयरलाइन्सको बक्यौता कति ?

पटक पटक ताकेता गर्दा पनि विमान कम्पनीहरुले सरकारलाई तिर्नुपर्नेे रकम बुझाउन आनाकानी गर्दै आएका छन् । प्राधिकरणका अनुसार कतिपय कम्पनीले त २० वर्षदेखिको बक्यौता तिर्न बाँकी छ ।

प्राधिकरणको तथ्याङ्क हेर्दा सबैभन्दा बढी बक्यौता नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको छ । वायुसेवा निगमले प्राधिकरणलाई २० करोड रुपैयाँ तिर्न बाँकी छ ।

सरकारी स्वामित्वको नेपाल वायु सेवा निगम र भन्सार विभागले प्राधिकरणलाई ७५ करोड १६ लाख बक्यौता बुझाउन बाँकी छ । गतबर्ष प्राधिकरणले विभिन्न १ सय ५० एयरलाइन्ससँग २ अर्ब ९४ करोड रकम बक्यौता उठाउनुपर्नेमा अहिलसम्म अधिकांशले भुक्तानी गरेका छैनन् ।