आफैं व्यापार घाटा बढाएर सरकारलाई धारे हात लगाउन पाइँदैन् : खतिवडा

आफैं व्यापार घाटा बढाएर सरकारलाई धारे हात लगाउन पाइँदैन् : खतिवडा


अर्थमन्त्री यूवराज खतिवडाले विदेशी सामान मगाएर व्यापार घाटा बढ्यो भन्नु तर्क संगत नभएको जिकिर गरे । नाफा कमाउन विदेशी सामान आयात गर्ने व्यापारीहरु व्यापार घाटा भएको भन्दै सरकारलाई गाली गर्न उद्धत भएको गुनासो मन्त्री खतिवडाको थियो ।

नेपाली धागो उत्पादक संघले सुरु गरेको नेपाली धागो कपडा प्रदर्शनीको उद्घाटन गर्दै अर्थ मन्त्री खतिवडाले पहिले आफुलाई सुधार्न सुझाब दिए । विदेशी सामान ल्याएर सरकारलाई धारेहात लगाउने परम्पराबाट आफूलाई सुधार्न व्यापारीलाई उनको आग्रह छ ।

औद्योगिक क्षेत्रमा आत्मनिर्भर गराउने सरकारी लक्ष्य रहेको भन्दै उद्योगीमा प्रतिस्पर्धा, लगनशीलता, उत्कृष्टता र अनुसन्धान आवश्यक रहेको मन्त्री खतिवडाको तर्क छ । उहाँले रेसाजन्य वस्तुमा सरकारले संरक्षण नगरे क्षेत्रीय र अन्तराष्ट्रिय प्रतिस्पर्धा गर्न नसकिने भन्दै आयात करमा छुट, विद्युतमा छुट, बैंकको ब्याजमा सहुलियत दिने कार्यक्रम रहेको उनको भनाई छ । विश्वमा प्रतिस्पर्धा गर्न नपाली धागो उद्योग सक्षम रहेको उद्योगीको तर्क छ ।

नेपालमा उत्पादित धागोमध्ये ८० प्रतिशत बिदेश निर्यात हुँदै आएको छ ।