तरुण दल कार्यकर्तामाथि खुकुरी प्रहार

तरुण दल कार्यकर्तामाथि खुकुरी प्रहार


■ अभिनव गुप्ता / आशिष कनोजिया, बाँके

नेपालगञ्जमा तरुण दल कार्यकर्तामाथि खुकुरी प्रहार भएको छ। खुकुरी प्रहारबाट तरुण दलका दुई कार्यकर्ता गम्भीर घाइते भएका छन् ।

नेपाल तरुण दल जिल्ला समितिको आयोजनामा भदौ ३१ का दिन नगरसमिति समेत युवा कार्यकर्ताद्वारा धम्बोझी चोकमा दुई घन्टा चक्काजामसहित विरोध प्रदर्शन गरिएको थियो।

खजुराको सीतापुरमा भएको घटनामा संलग्नहरुलाई कडा कारवाहीको माग गर्दै विरोध प्रदर्शनमा नेपाल तरुण दलका नगर अध्यक्ष सन्दिपजंग शाहसहित युवाहरुले नाराबाजी समेत गरेका थिए।

उक्त विरोध घटना गरिएको विषयमा भदौ १ गते अध्यक्ष सन्दिप जंग शाहलाई योजना बनाएर केही युवाले आक्रमण गर्न खोज्दा शाह समेत दुइ कार्यकर्तामाथि खुकुरी प्रहार भएको थियो ।

नेपाल तरुण दल बाँके क्षेत्र नं ३ ले आज (२ असोज) विज्ञप्तिमार्फत आक्रमण गर्ने गुण्डाहरुलाइ पक्राउ नगरिए प्रतिकारमा उत्रिने चेतावनी दिएको छ।

हेर्नुहोस् विज्ञप्ति जस्ताको तस्तै –