मेलौली नगरपालिका भन्छ– चिया पिउँदा मात्र ३० लाख सकियो !

मेलौली नगरपालिका भन्छ– चिया पिउँदा मात्र ३० लाख सकियो !


बैतडीको मेलौली नगरपालिकाका कर्मचारीले आव ०७५–७६ मा चिया मात्र ३० लाख रुपैयाँको पिएछन् भन्दा तपाईं–हामीलाई पत्यार नलाग्न सक्छ । तर, नगरपालिकाले नै आव ०७५–७६ मा चियानास्तामा मात्र ३० लाख खर्च भयो भनेर सार्वजनिक गरेपछि कसरी नपत्याउने ?

आर्थिक वर्ष ०७५–७६ मा नगरपालिकाको कुल पुँजीगत बजेट ११ करोड रहेकोमा झन्डै २ करोड रुपैयाँ जनप्रतिनिधि तथा कर्मचारीको तलबभत्ता तथा खाना र खाजामा खर्च भएको र त्यसमध्ये ३० लाख रुपैयाँको चिया मात्रै पिएको नगरपालिकाले जनाएको हो ।

नगरपालिकाको कुल ११ करोडमध्ये १० करोडभन्दा बढी बजेट खर्च भएको थियो । तर, पुँजीगत खर्च भएका धेरै आयोजनाको मूल्यांकन अस्वाभाविक भएकोले स्थानीयको आरोप छ ।