पेट्रोल फालेर वडा कार्यालयमा आगजनी

पेट्रोल फालेर वडा कार्यालयमा आगजनी


धनगढी उपमहानगरपालिका–८ को वडा कार्यालयमा गएराति अज्ञात समूहद्वारा आगजनी भएको छ ।

राति करिब १० बजेको समयमा कार्यालयको झ्यालका सिसा फुटाएर पेट्रोल भरिएको मिनरल वाटरको बोतल भित्र फालेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

आगलागी भएको खबर थाहा पाउनासाथ समयमै आगो नियन्त्रण गरिएकाले खासै क्षति हुन नपाएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । नेत्रविक्रम चन्द समूहले आगजनी गरेको हुन सक्ने आशंका गरिएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।