‘विप्लव’ नेतृत्वका दुई नेता नेकपामा

‘विप्लव’ नेतृत्वका दुई नेता नेकपामा


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई नेता प्रवेश गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले समूहका पर्वत जिल्ला सेक्रेटरी भीमबहादुर हमाल र जलजला गाउँपालिका इन्चार्ज धनञ्जय मल्ललाई टीका लगाई नेकपाका प्रवेश गराएको नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।