संविधान दिवसमा टेलिकमको यस्तो अफर

संविधान दिवसमा टेलिकमको यस्तो अफर


संविधान दिवसका अवसरमा नेपाल टेलिकमले एक सय रुपैयाँमा ३ जीबी डाटा प्याक योजना सार्वजनिक गरेको छ ।

असोज १ देखि १५ गतेसम्म उपलब्ध गराएको यो योजनामा तीन जीबीको डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जीबीका दरले प्रयोग गर्न पाउने सुविधा छ ।

यस योजनामा सहभागी हुन *1415*3# मा डायल गर्नुपर्छ । 3D1G लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।