नेपाल टेलिकमको सय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना

नेपाल टेलिकमको सय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना


संविधान दिवसका अवसरमा नेपाल टेलिकमले सम्पूर्ण ग्राहकहरुको सुविधालाई ध्यानमा राखी जम्मा एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ ।

यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

असोज १ गतेदेखि १५ गतेसम्म सुविधा उपलब्ध हुने यस योजनामा सहभागी हुनका लागि *1415*3# मा डायल गर्नुपर्ने, साथै 3D1G लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न सकिने जानकारी दिइएको छ ।