करोड लागतमा बुटवलमा फिटनेस हव सञ्चालन

करोड लागतमा बुटवलमा फिटनेस हव सञ्चालन


पछिल्लो समय स्वास्थ्यप्रति मानिस सचेत बन्दै गएका छन् । शारीरिक परिश्रमको अभावमा मानिसमा विभिन्न प्रकारका समस्या देखिन थालेपछि मानिस स्वास्थ्यप्रति सचेत बन्दै गएका हुन् । अझ पछिल्लो पुस्ताका लागि शारीरिक तन्दुरुस्ती र गठिलो शरीर निर्माणका लागि शहरबजारमा फिटनेस क्लब र जिम सेन्टर खुल्ने क्रम जारी छन् ।

यसै कुरालाई मध्यनजर गर्दै मोफसलको बुटवल उपमहानगरपालिका– ११ कालिकानगरमा फिटनेस हव सञ्चालनमा आएको छ । स्थानीय लोकेश थापा, नेत्र थापा, विनोद थापा, पुरन कार्की र निर्मल बुढा रहेको पाँचजना युवाको सोच र लगानीमा फिटनेस हव आज बुधबारबाट सञ्चालनमा आएको हो ।

एक करोडभन्दा बढी लगानीमा सञ्चालनमा आएको उक्त हवमा शारीरिक व्यायामका लागि जडान गरिएका अत्याधुनिक उपकरण भारतबाट आयात गरिएका र चीनमा बनेको सञ्चालकमध्येका पुरन कार्कीले बताए ।

सञ्चालक कार्कीका अनुसार फिटनेस हवमा एकैपटक ५० जनाभन्दा बढीले सेवा लिन सक्नेछन् ।

बिहान ५ बजेदेखि राति १० बजेसम्म जिम सेन्टर खुल्ने र महिनाको २ हजार रुपैयाँ सेवा शुल्क निर्धारण गरिएकोमा शुभारम्भको अवसरमा अहिलेलाई १८ सय रुपैयाँ र एउटा टिसर्टसमेत व्यवस्था गरिएको सञ्चालक कार्कीले बताए । जिम हवमा ३ महिना, ४ महिना र वर्ष दिनकोे विशेष फिटनेस प्याकेज निर्धारण गरिएको छ ।