सिन्धुलीमा बस दुर्घटना हुँदा २३ जना घाइते

सिन्धुलीमा बस दुर्घटना हुँदा २३ जना घाइते


सिन्धुलीमा बुधबार बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका हुन् ।

काठमाडौंतर्फ यात्रु लिएर जाँदै गरेको बा.३ख ९६८४ नम्बरको बस बीपी राजमार्गअन्तर्गत सिन्धुलीकै सुनकोसी गाउँपालिका–६ कानढुंग्रीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।

दुर्घटना हुँदा बसमा सवार २३ जनाको हाल खुर्कोटस्थित शुभजीवन, सुनकोसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । केहीलाई थप उपचारका लागि धुलिखेल पठाइएको उनको भनाइ छ ।