दाँतको उपचार गर्न प्रचण्ड मेडिसिटीमा

दाँतको उपचार गर्न प्रचण्ड मेडिसिटीमा


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार दिउँसो भैंसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेका छन् । प्रायः दिनहुँ दाँत दुख्ने समस्या भएपछि उनी दाँतको परीक्षण र उपचारका लागि सो अस्पताल पुगेका हुन् ।

दन्त चिकित्सकद्वारा दाँतको परीक्षण गराएका प्रचण्डले दाँत सफा पनि गराएका छन् । चिकित्सकले दाँत उखेल्न प्रचण्डलाई सल्लाह दिएको स्रोतले बतायो ।