चट्टानमा ट्रक ठोक्किदा पन्ध्रको मृत्यु

चट्टानमा ट्रक ठोक्किदा पन्ध्रको मृत्यु


फिलिपिन्सको दक्षिणी भू–भागमा पर्ने कोटाबाटो प्रान्तमा मङ्गलबार बिहान भएको सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

गुडिरहेको एउटा ट्रक चट्टानमा गएर ठोक्किएपछि उक्त दुर्घटना भएको हो । टिबोली शहरको लम्सालोमे राजमार्गमा गुडिहरेको सो ट्रकमा २० व्यक्ति सवार रहेका जनाइएको छ ।

स्थानीय समय अनुसार मङ्गलबार बिहान १०ः३० बजे सो ट्रक सडकबाट बाहिर गएर चट्टानमा ठोक्किएको र त्यसपछि पल्टिएको थियो ।

स्थानीय प्रहरीका एक अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार चौध व्यक्तिको घटनास्थलमै मृत्यु भएको र अर्का एकजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । अरु केही घाइते भएका पनि प्रारम्भिक प्रहरी रिपोर्टमा जानकारी दिइएको छ ।