कपिलवस्तु नगरपालिका खुला दिशामुक्त घोषणा

कपिलवस्तु नगरपालिका खुला दिशामुक्त घोषणा


■ नारद कोहार, कपिलवस्तु

जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. ५, ६ तथा सिङ्गै नगरपालिकालाई एक कार्यक्रमका बीच खुला दिशामुक्त घोषणा गरिएको छ ।

कपिलवस्तु नगरवासीको शान, पूर्ण सरसफाई अभियान भन्ने मुल नाराका साथ नगरपालिकालाई खुला दिशामुक्त घोषणा गरिएको हो ।

कपिलवस्तु नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दिरेपकुमार चौधरीले वडामा रहेको ७ सय ११ घर धुरी मध्ये ७ सय २ घरमा शौचालय बनिसकेपछि वडालाई खुला दिशामुक्त घोषणा गरेका हुन् ।

त्यस्तै कपिलवस्तु नगरपालिका वडा नं. ६ का रामदिनेश यादवले वडामा रहेको १ हजार ३ सय ५२ घर धुरी रहेको वडामा १ हजार ३ सय ३३ घरधुरीमा शौचालय निर्माणपछि वडालाई खुला दिशामुक्त वडा घोषणा गरेका थिए ।

सोही अवसरमा १ देखि १२ वडामा १२ हजार ३ सय ९६ घर धुरी रहेकोमध्ये १२ हजार ३ सय ४६ घरमा शौचालय निर्माण भएपछि सिङ्गो नगरपालिकालाई खुला दिशामुक्त घोषणा भएको नगरप्रमुख किरण सिंहले बताए ।

नगरपालिकाको वडा नं. १ देखि १२ वडासम्म ५० घरधुरीमा मात्र शौचालय निर्माण गर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।