मणि शाह स्मृति फुटबलको उपाधि लिटिल एन्जल्सलाई

मणि शाह स्मृति फुटबलको उपाधि लिटिल एन्जल्सलाई


लिटिलएन्जल्स (एलए) स्कुलले मणिविक्रम शाह स्मृति अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेको छ । फाइनल खेलमा एलएले माउन्ट ग्लोरी स्कुललाई ४–२ गोल अन्तरले पराजित गर्दै पहिलो संस्करणको च्याम्पियन ट्रफी उचालेको हो ।

एलएको जितमा सिद्धान्त ढकुरले दुई गोल गर्दा मुनाल थापा र विकास पुनले एक–एक गोल थपेका थिए । उपविजेतामा चित्त बुझाएको माउन्टग्लोरीका एलेक्स पौडेल र संजय लामाले समान एक–एक गोल फर्काएका थिए । उपाधि बिजेता टिमले २५ हजार र उपबिजेता टिमले १५ हजार नगद प्राप्त गरेका छन् ।

ब्यक्तिगत पुरस्कारतर्फ एलएको एकाधिकार रह्यो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीको उपाधि एलएका विसम पुनले हात पार्दा उत्कृष्ट गोलकिपरमा एलएका आकाश राई चुनिए । त्यस्तै प्रतियोगिता अवधिभर ४ खेलबाट ९ गोल गरेका एलएका सिद्धान्त ढकुरले हाईस्कोर कर्ताको उपाधि जिते ।

बिजेता टिम तथा खेलाडीलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल, प्रिन्सिपल मुकुन्द शर्मा, स्वर्गीय शाहकी श्रीमती नवीना शाहलगायतले पुरस्कृत गरेका थिए ।