अभद्र व्यवहारको आरोप लागेका ज्ञानबहादुरलाई पक्राउ पुर्जी

अभद्र व्यवहारको आरोप लागेका ज्ञानबहादुरलाई पक्राउ पुर्जी


अभद्र व्यवहारको आरोप लागेका ज्ञानबहादुर शाहीलाई प्रहरीले हिरासतमा लिएको छ । नेपालगञ्ज विमानस्थलमा पर्यटनमन्त्री योगेश मन्त्री भट्टराईमाथि अभद्र व्यवहार गरेको मामलामा उनलाई प्रहरीले हिरासतमा लिएको हो ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा शाहीमाथि एक समूहले हातपात गरेपछि सुरक्षाको कारण देखाउँदै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । सुरक्षाका कारण देखाएर नियन्त्रणमा लिएपनि प्रहरीले आइतबार साँझ शाहीलाई पक्राउ पुर्जी थमाएको छ । प्राप्त जानकारीअनुसार उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने तयारीमा प्रहरी छ ।

शाहीलगायतले मन्त्री योगेश भट्टराईका कारण नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरको विमान काठमाडौं उड्न १ घण्टा ढिला भएको भन्दै विमानभित्रै गालीगलौज गरेका थिए ।