नेजस ओमानद्वारा मृगौलापीडितलाई आर्थिक सहयोग

नेजस ओमानद्वारा मृगौलापीडितलाई आर्थिक सहयोग


■ आरके श्रीवास्तव, ओमान

नेपाली जनसम्पर्क समिति ओमानले मृगौलापीडितलाई आर्थिक सहयोग रकम पठाएको छ । स्याङ्जा जिल्ला चापाकोट नगरपालिका ७ बङरातिनिवासी कमलबहादुर गुरुङलाई आर्थिक सहयोग गरिएको हो । दुबै मृगौला फेल भई मृत्युसँगलडिरहेका गुरूङलाई उनका पत्नीले आफ्नो एउटा मृगौला प्रदान गरी उनको जीवन जोगाएका थिए । आफुले पुनर्जन्म पाएकोमा पीडित गुरूङले आफ्नी श्रीमतीलाई पनि धन्यवाद दिएका छन् । उनको हाल नेपालमा उपचार भइरहेको छ । उपचारको लागिआर्थिक अवस्था कमजोर हुन गएकोले यस विपत्तिमा नेपाली जनसम्पर्क समिति ओमानले गुरूङलाई बचाउ अभियान सुरु गरेको थियो ।

समितिको मेम्बर तथा सहयोगी हातहरूबाट उठेको रकम नेपाली ४० हजार रूपैयाँ सहयोग गरिएको हो । सो रकम बिरामीका पत्नी माया गुरूङलाई सहिद गंगालाल हस्पिटलमा नेपाली जनसम्पर्क समिति ओमानका केन्द्रीय सदस्य विमला पौडेलले सहयोग रकम हस्तान्तरण गरेका नेज समिति ओमानका महामन्त्री नवीन पङ्गेनीले जानकारी दिए ।

गुरूङको मृर्गौलामा समस्या देखिएपछि उपचारको क्रममा धेरै नै खर्च लाग्ने भएकोले आर्थिक सहयोग गर्नुहुन सबैलाई आग्रह गरिएको थियो । समितिको तर्फबाट पीडितको सीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस पवित्र कार्यमा सहभागी हुनुहुने सम्पुर्ण सहयोगी मनहरुमा नेपाली जनसम्पर्क समिति ओमान परिवारले हार्दिक आभार प्रकट गरेको छ ।