दुबई इन्टरनेशनल ब्याडमिन्टनमा नेपाललाई पदक पक्का

दुबई इन्टरनेशनल ब्याडमिन्टनमा नेपाललाई पदक पक्का


संयुक्त अरब इमिरेटस् (यूएई)मा जारी दुबई जुनियर इन्टरनेशनल ब्याडमिन्टन सिरिजमा नेपालले पदक जित्ने पक्का भएको छ । उक्त प्रतियोगितामा नेपालका प्रिन्स दाहाल यू–१९ पुरुष एकल तथा यू–१९ मिक्स डबल्सतर्फ प्रिन्स र सानिया चन्दको जोडीले नेपालका लागि पदक पक्का गरेका हुन् ।

दुबईमा शुक्रबार भएको यू–१९ मिक्स डबल्सतर्फ प्रिन्स र सानियाको जोडी सेमिफाइनल प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गरेसँगै प्रिन्स र सानियाको जोडीले पदक पाउने पक्का भएको छ । प्रिन्स र सानियाको जोडीले क्वाटरफाइनलमा यूएईका बसन्तकुमार राजेन्द्रन र तानिका नितुको जोडीलाई २–१ सेटले पराजित गरेको हो । सो जोडीले ९–२१, २१–१९ र २१–१६ अङ्कका साथ खेल आफ्नो पक्षमा पारेका हुन् ।

यस्तै शुक्रबार नै सम्पन्न यू–१९ पुरुष एकलतर्फ नेपालका प्रिन्स सेमिफाइनल प्रवेश गरेका छन् । उनले क्वाटरफाइनलमा भारतका रोहन गुर्वानीलाई २–० सोझो सेटमा हराए । उनले गुर्वानीलाई २१–१६ र २४–२२ अङ्कले पराजित गरेका हुन् ।