डा. भट्टराईसँग मधेसी मोर्चा

डा. भट्टराईसँग मधेसी मोर्चा


व्यवस्थापीका संसद्मा रहेका साना – ठूला २८ दलमध्ये २० दल र एक स्वतन्त्र मुस्लिम सभासद्को मत प्राप्त गरेर अन्ततः ३ सय ४० मतका साथ बहुचर्चित वामपन्थी नेता डा. बाबुराम भट्टराईले नेपालको ३५आँै तथा गणतान्त्रिक नेपालको चौथो प्रधानमन्त्रीको रूपमा शपथ खाएका छन् । उल्लेखनीय के छ भने घोर वामपन्थी अतिवादी शक्तिको रूपमा उदाएको एनेकपा माओवादीका नेतालाई घोर दक्षिणपन्थी भनेर आरोप खेप्दै आएका मधेसवादी दलहरूको गठबन्धनले पूर्णर्समर्थन गरेको छ । त्यसो त सहमतिको राजनीति आजको नेपालमा अत्यावश्यक मानिए पनि उत्तर र दक्षिणको मिलनलाई भने अनौठो रूपमा हेर्न सकिन्छ । हिजोसम्म भारतीय दलाल भनेर प्रचारबाजी र चर्का भाषण गरिने गरेका तिनै मधेसी नेताको काँधमा चढेर प्रधानमन्त्री बन्नुपर्ने बाध्यता डा. भट्टराईलाई किन पर्‍यो ? बहसको विषय अवश्य हुन सक्छ । आत्मनिर्णयको अधिकारसहित स्वायत्त मधेस प्रदेश निर्माण गर्ने गरी यसपूर्व भएका सहमतिलाई कार्यान्वयन गराइदिने र्सतमा हस्ताक्षर गरेरै भए पनि डा. भट्टराई प्रधानमन्त्री भएका छन् । देशको कायापलट गर्ने आश गरिएका डा. सावको वास्तविक अनुहार त नेपाली जनताले देख्ने नै छन् । नेपाली जनताका सतही आकाङ्क्षा र विश्वासलाई कहाँसम्म पुर्‍याउनेछन्, त्यो पनि हेर्न बाँकी नै छ । नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापापछि गोरखा जिल्लाबाट देशको कार्यकारी प्रमुख बन्ने सुअवसर डा. भट्टराईले नै प्राप्त गरेका छन्, यसको तौल कति हुनेछ त्यो आउने दिनले नै बताउनेछ ।
नेपाली जनताका शान्ति स्थापना गर्ने र सङ्घीय लोकतान्त्रिक संविधान जारी गरेको देख्ने उत्कट चाहनालाई यो वा त्यो वहानामा बटार्ने, पर सार्ने वा टार्ने दुस्प्रयास नहोस् भन्नेमा आमनागरिक रहेका हुन् । डा. भट्टराईप्रति मानिसको सतही विश्वास उनको बौद्धिक इन्जिनियरिङ दक्षताका लागि मात्र नभएर विकल्पको अन्तिम छनोट हो भनेर बुझ्न उनले सक्लान् नै । जनताको विश्वास पूर्ण लोकलान्त्रिक मूल्य र मान्यतामा उनको निष्ठा रहोस् भन्ने हो ।
उनको जन्म जिल्ला गोरखाका काङ्ग्रेस तथा लोकतन्त्रप्रति विश्वास गर्ने नागरिकमाथिको दमन अन्य कुनाका नागरिकमा नहोस् । निषेधको राजनीतिलाई बढावा दिँदै आएका डा. भट्टराईले आजैबाट प्रतिस्पर्धा र लोकतान्त्रिक मूल्यलाई व्यवहारतः लागू गर्नेछन् भन्ने आशा गर्न सकिन्छ, किनकि यही लोकतान्त्रिक व्यवस्थामा त्यही विधि र प्रक्रियाबाट उनी त्यो कुर्सी पुगेका हुन् ।
सामाजिक सुरक्षाका नाममा राष्ट्रको ढिकुटी अञ्जुली फैलाएर दिलदार किसिमले वितरण गर्ने कम्युनिस्ट शैली र राष्ट्रको ठेक्का आफूले मात्रै लिएको ठानेर ढिकुटी अड्कली ? अड्कली जिम्मेवार बनेको बताउँदै मुठ्ठी कसेर सम्पत्ति थुपारेर राख्ने काङ्ग्रेस ? शैलीको बीचमा भएको प्रतिस्पर्धामा राजनीतिक चतुर्‍याइँका साथ डा. भट्टराईले नेपालका उन्नत राजनीतिक खेलाडी ठानिएका विजयकुमार गच्छेदार, जेपी गुप्ता आदिलाई कसरी आफ्नो वशमा पार्न सफल भए त ? एउटा अचम्म भएको छ । तराई मधेसका नेताहरू सत्तामा रहँदा दैनिकी क्रियाकलापमा रमाउने र सत्ताबाहिर रहँदा मधेसका जनता सम्झने पुरानै शैलीलाई शङ्काको फाइदा दिएका होलान् सायद कम्युनिस्ट नेताले ।
आफ्नो नेतृत्वकालको सात महिनासम्म भारतको भ्रमण निम्तो नपाएका निवर्तमान प्रधानमन्त्री झलनाथ खनाल र प्रधानमन्त्री निर्वाचित भएको एक घन्टामा बधाई तथा भारत भ्रमण निम्तो प्राप्त गर्ने डा. भट्टराईबीचको अन्तर के हो ? एउटा र्सार्वभौम राष्ट्रको जीवनमा कार्यकारी प्रमुख राम वा श्याम जो भए पनि असल छिमेकीलाई के असर पर्छ त लोकतन्त्रमा ? बहसकै विषय अवश्य होला । ‘नयाँ संविधान लेखिने वा नलेखिने के होला’ भन्ने प्रश्नका बीच रहेर सारा नेपाली चिन्तित देखिन्छन् । अति महत्त्वाकाङ्क्षाले छिट्टै निराशा ल्याउँछ भन्ने मान्यतालाई सम्झने हो भने अबको सम्भाव्यताबारे विश्लेषण गर्नु उत्तम हुन्छ होला । हो, तीन महिनाका लागि संविधानसभाको म्याद त थपियो । तीन महिनामा संविधान बन्ने छैन । यसका आधारहरू अवश्य छन् । प्रधानमन्त्री वा राष्ट्रपतीय व्यवस्था, समानुपातिक वा मिश्रति निर्वाचन प्रणाली, जातीय वा स्रोत र पहिचानको आधारमा सङ्घीयता निर्माण गरिने, आत्मनिर्णयको अधिकार दिने कि नदिने, मधेस स्वायत्त हुने कि नहुने । ब्राह्मण, क्षेत्रीको पहिचानलाई के गर्ने, धर्मनिरपेक्षताबारे के गर्ने, बहुलवादी या एकलवादी लोकतन्त्र कस्तो राख्ने यी आदि कारणले संविधान बन्दैन । यो ६०१ जनाले काम गर्न नसकेपछि संविधान मस्यौदा सुझाव आयोग बन्न्ा सक्नेछ । त्यसपछि संविधानसभा विघटन हुनेछ मङ्सिर १४ पछि । नयाँ चुनावका लागि चुनावी सरकार बनाउनुपर्नेछ । सो सरकारले गराएको व्यवस्थापिकाको बैठकद्वारा आयोगले दिएको मस्यौदामा छलफल गरी संविधान घोषणा हुनेछ । यो नै अन्तिम र उत्तम विकल्प हो । जातीय राजनीति सहायत कम्युनिस्टहरूलाई पनि आवश्यक छैन । यो त वर्गीय कुरा हुनुपर्ने हो, नेताहरूले कुरा बुझ्लान् । त्यसो हुँदा डा. भट्टराईको भूमिका राष्ट्रप्रेमी नै हुनेछ । देशलाई जातीय द्वन्द्वबाट मुक्त राख्दै राष्ट्रिय अखण्डता जोगाउन उनको महत्त्वपूर्ण भूमिकाको खोजी गर्नु सहायता अत्युक्ति हुँदैन होला ।
? युवराज बस्ताकोटी, गोरखा

अध्यक्ष प्रचण्डज्यूमा विनम्र अनुरोध
माननीय प्रचण्डज्यू
राज्य संरचना नाम लुम्बिनी अवध थारू राख्नुको सट्टा लुम्बिनी प्रदेश मात्र नाम दिएर मूल भाषाहरूबारे भित्र संविधानमा जे ? जे लेख्नर्ुपर्ने हो लेखे भइहाल्छ । नेपालमा जस्तै भोलि भारतमा पनि अवध प्रदेश कायम भएपछि कालान्तरमा १० ? १२ ? १५ वर्षपछि दुवै अवध मिलेर बेग्लै अवध राष्ट्र, त्यस्तै भोजपुरा राष्ट्र माग नहोला भन्न सकिन्न । यसरी लङरनमा भारत पनि डिस्टर्भ । तर्सथ राज्य संरचना नाममा जात, भाषाको कुरा ल्याउनु नै हुँदैन । जात, भाषा, क्षेत्र, लिङ्ग समावेशचाहिँ हुनुपर्छ, यो सबै दलले चाहेकै छन् । माओवादीलगायत सम्पूर्ण दल यस तथ्यबारे गम्भीर हुनु जरुरी छ, जुन नेपाल तथा भारत दुवैको दर्ीघकालीन हितमा हुनेछ ।
? निवेदक, प्रसन्नकुमार कोइराला
सक्रिय सदस्य, नेका

मेची आमाको अवसान
‘मेची आमा’ विशेष नामले प्रख्यात नेपाल राष्ट्रप्रति समर्पित समाजसेवी महिला नेतृ दिलकुमारी श्रेष्ठको अवसान भएको छ । ९७ वर्षको लामो जीवनयात्रामा मेची आमाले राष्ट्रप्रति पुर्‍याउनुभएको योगदानको स्मरण र लेखाजोखा हुनु भविष्यका पिँढीको प्रोत्साहनका लागि समेत आवश्यक देखिएको छ ।
नेपालको स्वतन्त्रताका लागि अग्रणी भूमिका खेलेको भोजपुर जिल्लास्थित ऐतिहासिक दावाँ बजारमा जन्मनुभएकी मेची आमाको विवाह चैनपुरनिवासी कृष्णप्रसाद श्रेष्ठको साथ भएको हो । चैनपुरको स्थायी बसाइले मात्र महत्त्वाकाङ्क्षा पूरा नहुने भएकोले उहाँलाई तत्कालीन औलोग्रस्त झापा जिल्ला पुर्‍यायो । वैज्ञानिक प्रविधिको विकासले देशभरि नै औलो उन्मूलन भएकोले पूर्वाञ्चल क्षेत्रमा सूर्य उदाउँदा पहिलो झुल्कोले स्पर्श गर्ने भद्रपुर प्रकाशनगरमा कार्यक्षेत्र बनाउने सौभाग्य पाउनुभयो ।
२००७ सालको सफल जनक्रान्तिले झापामा पनि ठूलो हलचल र जनजागरण पैदा गरायो । महिला सशक्तीकरणको बाटोमा महिलाको हकहित र समाजसेवाको क्षेत्रमा पञ्चायती व्यवस्थाको ३० वर्षो शासनकाल र त्यसपछि पनि अग्रपङ्क्तिमा रही जीवनपर्यन्त कार्यरत रहनुभयो । भद्रपुर प्रकाशनगरस्थित उहाँको घर ? आँगनमा बोक्सीको बात लगाइएकी लोग्नेले सौता हालेर ब्याइतेलाई खान ? लाउनसमेत नदिई कुटपिट गरी नीलडाम पारिएका विधवाहरूका जग्गाजमिन हडपिई आँसु कडाएर घर – घर रुवाइएको समेत धेरै अवला र अदना महिलाको घुइँचो लाग्ने गरेको पङ्क्तिकारले खुद देखेको हो । अड्डा अदालत धाएर महिलालाई न्यायनिसाफ दिलाउनु आमाको दिनचर्या नै बनेको थियो । पीडित महिलाको हकहितको कार्य गर्दागर्दै मेचीआमाको लोकप्रियता चुलिएर अधिराज्यव्यापी हुन गयो । त्यसैले झापा जिल्लाबाट प्रकाशित हुने ‘विवेचना’ साप्ताहिक पत्रिकाले ‘मेचीआमा’ संज्ञा दिएको सार्थक र औचित्यपूर्ण हुन आएको छ ।
वास्तवमा मेची आमा युगद्वारा स्थापित एक युगकी नेपालकी महिला नेतृ हुनुहुन्छ । युगले निर्धारण गरेको बाटेमा हिँड्ने तथा युगलाई साथसाथै डोर्‍याएर हिँडाउन सक्ने अभूतपर्ूव क्षमता उहाँमा थियो । आज १४औँ दिनमा मेचीआमाप्रति हारि्दक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हारि्दक समवेदना व्यक्त गर्दछौँ ।
-माधवप्रसाद श्रेष्ठ (दावाँ), नयाँबानेश्वर,