डेङ्गु बिरामीको चाप बढेपछि नर्भिकमा छुट्टै वार्डको व्यवस्था

डेङ्गु बिरामीको चाप बढेपछि नर्भिकमा छुट्टै वार्डको व्यवस्था


मुलुकमा यतिबेला महामारीकै रुप लिन थालेको डेङ्गु रोगका बिरामी बढ्ने क्रमका कारण नर्भिक इन्टरनेशनल हस्पिटलले त्यससम्बन्धी रोगीहरुको विशेष व्यवस्थापन एवम् उपचारका लागि छुट्टै वार्डको व्यवस्था गरेको जनाएको छ ।

बताइएअनुसार हाल नर्भिकमा एक दर्जनभन्दा बढी डेङ्गु ज्वरोका विरामीहरू उपचाररत रहेका छन् । बिरामीको चाप बढ्दो क्रममा रहेका कारण त्यस्ता बिरामीका लागि छुट्टै क्लिनिक र छुट्टै वार्डको व्यवस्था गरिएको नर्भिकले जानकारी दिएको हो । सो वार्डमा हाललाई सुविधासम्पन्न ६ वटा शैयाको व्यवस्था गरिएको छ ।

वार्डमा डेङ्गु हेल्प डेस्क र डेङ्गुका बिरामीहरुको शीघ्र तथा उपयुक्त रेखदेख, व्यवस्थापन एवं उपचारका लागि छुटै हेल्पलाइनको समेत व्यवस्था गरिएको छ ।

सहुलियतपूर्ण दरमा उपलब्ध हुने उक्त क्लिनिक/वार्डमा चिकित्सकहरु तथा नर्सिङ स्टाफहरु २४सै घण्टा सेवारत रहने र विशेष सहुलियत दरमा डेङ्गु परिक्षण किट समेत उपलब्ध हुने नर्भिकको भनाई छ । डेङ्गु ज्वरो भएको कसैलाई शङ्का लागेमा ९८०१२४७७५० मा तुरुन्त सम्पर्क गर्न सकिने व्यवस्था समेत गरिएको सो अस्पतालले जनाएको छ ।