काठमाडौंमा अष्ट्रेलियन क्यानेडियन ऐजुकेसन फेयर

काठमाडौंमा अष्ट्रेलियन क्यानेडियन ऐजुकेसन फेयर


विगत दश वर्षदेखि शैक्षिक क्षेत्रमा सक्रिय र क्रियाशील एजुकेशन कन्सल्टेन्सी हो– एजुकेशन एण्ड माइग्रेसन कर्नर । उच्च शिक्षा अध्ययनको लागि अष्ट्रेलिया जान चाहने थुप्रै नेपाली विद्यार्थीहरुको सपनालाई साकार पारेर उनीहरुको विश्वास जित्दै आइरहेको छ यस कन्सल्ट्यान्सीले । यसैक्रममा एजुकेशन एण्ड माइग्रेशन कर्नरले आज (२७ भदौ, सेप्टेम्बेर १३) राजधानीस्थित शंकरदेव कलेजसँगै अद्यैत मार्गमा रहेको आफ्नै कार्यालयमा अष्ट्रेलियन एण्ड क्यानेडियन एजुकेशन फेयरको आयोजना गरेको छ ।

यसअघि कर्नरले विर्तामोड र दमकमा यस प्रकृतिको कार्यक्रम सफलताका साथ सम्पन्न गरिसकेको छ । कर्नरका सिड्नी निर्देशक सुनिल उप्रेतीका अनुसार विर्तामोड र दमकमा सम्पन्न भएको यो फेयरबाट धेरै विद्यार्थीहरू लाभान्वित भइसकेका छन् ।

‘बढीभन्दा बढी र सबै क्षेत्रका विधार्थीहरुले उच्च शिक्षा अध्ययनका बारेमा जानकारी पाउन् भन्ने उद्देश्यले हामीले आफ्नै कार्यालयमा यो फेयरको आयोजना गर्ने निधो गरेका हौँ’, उप्रेतीले जानकारी दिए ।

फेयरमा अष्ट्रेलिया र क्यानडासहित एक दर्जन कलेज तथा युनिभर्सिटीहरूको सहभागिता रहेको छ ।

फेयरमा विद्यार्थीहरूले अष्ट्रेलिया र क्यानडालगायत आयोजक संस्थाका शैक्षिक विज्ञहरूसँग सिधा सम्पर्क राख्न पाउने र कलेज तथा युनिभर्सिटीको बारेमा प्रत्यक्ष जानकारी लिन पाउने भएकाले पनि यो फेयर विद्यार्थीका निमित्त फलदायी हुने एजुकेशन एण्ड माइग्रेशन कर्नरको विश्वास छ । फेयरमा सहभागी हुन् आउने विद्यार्थीहरूका लागि विभिन्न उपहारको व्यस्था समेत गरिएको छ ।