डेङ्गुले विराटनगरमा लियो युवकको ज्यान

डेङ्गुले विराटनगरमा लियो युवकको ज्यान


डेङ्गुको सङ्क्रमणबाट विराटनगरमा आज (२६ भदौ) एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–९ का १८ वर्षीय अविनास शर्मा रहेका छन् ।

स्थानीय गोल्डेन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनी स्थानीय शिक्षादीप कलेजमा कक्षा १२ मा अध्ययनरत छात्र रहेका राससले जनाएको छ ।