ओमानबाट एक नेपाली चेलीलाई गरियो उद्धार

ओमानबाट एक नेपाली चेलीलाई गरियो उद्धार


■ आरके श्रीवास्तव, ओमान

ओमानबाट एकजना नेपाली चेलीलाई उद्धार गरिएको छ । भोजपुर घर भएकी सरिता राई विगत ६ महिनादेखि ओमानमा अलपत्र परेकी थिइन् । राईलाई दुबई हुँदै ओमान पुर्‍याइएको थियो । उनी यहाँको बुराइमी भन्ने ठाउँमा घरेलु कामदारको रूपमा कार्यरत थिइन् ।

विभिन्न समस्यामा परेर पीडित भएकी भनेर सामाजिक सञ्जाल फेसबुकमा सरिताको बारेमा ओमानबाटै एकजना चेलीले आफ्नो स्टेटसमा लेखेकी थिइन् । त्यो खबर पाएपछि ओमान नेपाली एकता समाजले पीडितसँग सम्पर्क गरी यथार्थ विवरण लिँदै नेपाली राजदूतावास मस्कट ओमानको सहकार्यमा उनलाई नेपाल पठाउन सफल भएको हो । उनलाई आजकै फ्लाइटबाट नेपाल पठाइएको जानकारी प्राप्त भएको छ । घरमा काम गर्ने साहुबाट पीडित भएकी राईलाई मानसिक यातना दिइन्थ्यो, उपचार नगराइदिने, भनेको पारिश्रमिक नदिइएको लास्ट पीडित भएपछि उनले हारगुहार गरेकी थिइन् ।

ओमानमा क्रियाशील सम्पुर्ण संघसंस्था तथा समाजसेवीहरुले चासोका साथ दूतावाससँग समन्वय गरी उद्धारको लागि आग्रह गरेका थिए । त्यसलगत्तै दूतावासले तुरुन्त सबै आवश्यक कदम चाली नेपाल पठाउन सफल भएको हो । यस कार्यमा सहयोगी सम्पूर्ण समाजसेवी र यो घटना बाहिर ल्याउन हिम्मत गर्ने साहसी महिला सबु सुनुवार साथै दूतावासलाई पनि एकता समाजले धन्यवाद ज्ञापन गरेको छ ।