दशैँका लागि असोज ५ गतेदेखि टिकट बुकिङ खुला

दशैँका लागि असोज ५ गतेदेखि टिकट बुकिङ खुला


दशैँ–तिहार मनाउन उपत्यकाबाट बाहिर जाने यात्रुहरूका लागि असोज ५ गते आइतबारबाट टिकट खुल्ने भएको छ ।

सबै पक्षसँगको छलफलपछि असोज ५ गतेदेखि अग्रिम टिकट खुला गरिने आज (बिहीबार) निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल बताएका छन् ।

दशैँमा घर जान यात्रुलाई समस्या नहा्स् भनेर पहिल्यै टिकट बिक्री खुला गरिएको हो ।

महासंघले टिकट काउन्टरमा बस्ने कमर्चारीलाई एउटै ड्रेस लगाउनुपर्ने नियम पनि लागू गरेको छ । महासंघका महासचिव सरोज सिटौला, काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदी र ट्राफिक महाशाखाका प्रमुख (एसएसपी) भीम ढकालले बिहीबार कोटेश्वरमा काउन्टरका कर्मचारीहरूलाई ड्रेस वितरण गरेका छन् ।

सिटौलाले महासंघले उपलब्ध गराएको पोसाक लगाएका र परिचयपत्र बोकेका आधिकारिक कर्मचारीसँग मात्र टिकट लिन आग्रह गरेका छन् ।

दशैँको समयमा उपत्यकाबाट करिब २० देखि २५ लाख यात्रु बाहिरिने गरेका छन् ।