न्यायाधीशका सवारीचालक घुससहित पक्राउ

न्यायाधीशका सवारीचालक घुससहित पक्राउ


सिरहामा जिल्ला न्यायाधीशका चालक घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला अदालत सिरहाका ३ नम्बर इजलासका न्यायाधीश नरनारायण पौडेलका सवारीचालकलाई पक्राउ गरेको हो ।

न्यायाधीश पौडेलका चालक ब्रिजमोहन यादवलाई अख्तियारको टोलीले बिहीबार १ लाख १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

चालक यादवलाई अदालतमा विचाराधीन रहेकोे मुद्दा मिलाइदिन्छु भन्दै खड्ग होटेलमा घुस लिइरहेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको हो ।