किशोरी बलात्कार प्रयास आरोपमा चालक र सहचालक पक्राउ

किशोरी बलात्कार प्रयास आरोपमा चालक र सहचालक पक्राउ


बसमा यात्रा गरिरहेकी १५ वर्षीया किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । बसमा यात्रा गरिरहेको समयमा गत भदौ २२ गते किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मोरङको रंगेली नगरपालिका–३ का ३७ वर्षीय किरण खड्का र उर्लाबारी नगरपालिका– ४ का १९ वर्षीय सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो ।

खड्का बसचालक र न्यौपाने बसका सहचालक हुन् । बेलबारी नगरपालिकामा रहेको बेतना सिमसार घुमेर ना.६ख ९३४४ नम्बरको बस चढेकी किशोरी झापा दमकमा उत्रन लागेको बेला उनीहरूले बस घुमाएर मोरङको रंगेली नगरपालिका– ९ मा ल्याएर बसभित्रै बलात्कार प्रयास गरेका हुन् ।
बलात्कार प्रयास गर्दै गर्दा किशोरी चिच्याएपछि स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । पक्राउ गरिएका उनीहरूलाई इलाका प्रहरी कार्यालय रंगेलीले मुलुकी अपराध संहिता २०७६ बमोजिम म्याद थप गरी अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।