बाढीबाट नाइजरमा ६० को मृत्यु

बाढीबाट नाइजरमा ६० को मृत्यु


अफ्रिकी मुलुक नाइजरमा आएको बाढीका कारण एक लाख ३० हजार मानिस प्रभावित भएका छन् ।

बाढीका कारण करिब ६० जनाको मृत्यु भइसकेको नाइजर सरकारले जनाएको छ । सरकारद्वारा जारी विज्ञप्तिमा बाढीबाट १२ हजार घरमा क्षति पुगेको र दुई हजार हेक्टर क्षेत्रफलमा लगाइएको कृषि उत्पादन नष्ट भएको जनाइएको छ ।

नाइजरमा पछिल्लो समय राजधानी र दुर्गम क्षेत्रमा भारी वर्षाले नराम्रो असर पारेको छ । नाइजरमा गत वर्ष पनि बाढीपहिरोका कारण ५६ जनाको मृत्यु भएको थियो भने करिब दुई लाख व्यक्ति प्रभावित भएका थिए ।