डेंगु प्रभावित क्षेत्रमा नजान आफ्ना नागरिकलाई अमेरिकाको आग्रह

डेंगु प्रभावित क्षेत्रमा नजान आफ्ना नागरिकलाई अमेरिकाको आग्रह


अमेरिकाले आफ्ना नागरिकलाई डेंगुलगायतका लामखुट्टेजन्य रोगको खतरा बढेको भन्दै एसिया, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशको यात्रामा सतर्क रहन आग्रह गरेको छ ।

रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्र, यूएस सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सल (सीडीसी)ले सूचना जारी गर्दै सो आग्रह गरेको हो । लामखुट्टेका कारण लाग्ने मलेरिया, जिका, डेंगुको खतरा रहेको भन्दै ग्रामीण र प्रदूषित क्षेत्रमा नजान अमेरिकाले आफ्ना नागरिकलाई आग्रह गरेको हो ।