भदौभित्रै सबै सैनिकले सम्पत्ति विवरण बुझाउनू : जंगीअड्डा

भदौभित्रै सबै सैनिकले सम्पत्ति विवरण बुझाउनू : जंगीअड्डा


सैनिक मुख्यालयले सबै सैनिकलाई भदौ मसान्तभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेलगत्तै जंगीअड्डाले अन्य उच्च अधिकृत, अधिकृत र सैनिकलाई सो निर्देशन दिएको हो ।

यसका लागि आफू कार्यरत रहेको युनिट प्रमुखसमक्ष अधिकृतदेखि सिपाहीसम्मले सम्पत्ति विवरण बुझाउनुपर्नेछ । आवश्यक परे त्यो विवरण मुख्यालयले कुनै पनि बेला झिकाएर हेर्न र आवश्यकताअनुसार छानबिन गर्न सक्नेछ ।

भ्रष्टाचार नियन्त्रण, आन्तरिक सुशासन तथा जवाफदेहितालाई प्राथमिकता दिँदै आएका सेनापति थापाकोे सोही प्रयोजनका लागि यो निर्देशन आएको बताइएको छ ।