विप्लवका छोरा प्रकाश पक्राउ

विप्लवका छोरा प्रकाश पक्राउ


नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दलाई चितवन प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माका अनुसार चितवन मेडिकल कलेजका विद्यार्थीहरुले आन्दोलन गरेकै कारण उनि पक्राउ परेका हुन् । आन्दोलनको अगुवाई प्रकाशले नै गरेका थिए । प्रकाश अहिले जिल्ला प्रहरी कार्यालय चितवनभित्र छन् । प्रहरीका अनुसार प्रकाशसँगै आन्दोलनमा उत्रिएका अन्य केही विद्यार्थीहरुलाई पनि पक्राउ गरिएको छ ।

अस्पतालभित्र तोडफोड गर्ने र सेवामा समस्या पैदा गर्न खोजेपछि उनिहरुलाई पक्राउ गरिएको प्रहरीको दावी छ ।