को-को छन् वैद्यका पक्षमा ?

को-को छन् वैद्यका पक्षमा ?


उपाध्यक्ष मोहन वैद्यले आफूसँग चालीस प्रतिशत केन्द्रीय सदस्य तथा सभासद् रहेकाले आवश्यक परे कुनै पनि बेला पार्टी विभाजन गर्न सक्नेसम्मको चेतावनी उनीपक्षीय नेताहरूले अध्यक्ष प्रचण्डलाई दिएका छन् । सरकार निर्माण तथा हतियार रहेको कन्टेनरको साँचो सरकारलाई बुझाउने विषयमा आफूहरूसँग कुनै छलफल नै नगरी एकलौटी निर्णय गरेको भन्दै विरोधमा उत्रिएका वैद्य र उनी पक्षधर नेताहरूले पार्टी नेतृत्वलाई यस्तो चेतावनी दिएको स्रोतको भनाइ छ । पार्टी नेतृत्वले अनेकखाले षड्यन्त्र गरिरहेको भन्दै उनीहरूले पार्टी विभाजन गराउन नेतृत्व सक्रिय भएर लागिपरे पनि त्यो प्रयास सजिलै सम्पन्न नहुने देखेर फरक विचार र आस्था राख्नेलाई कारबाहीको नाटक गरिरहेको आरोपसमेत लगाएका छन् । केन्द्रीय समितिबाट सही निर्णय आउन नसके मुलुक र पार्टीले निकै महत्त्वपूर्ण चुनौती व्यहोर्नुपर्ने खतरासमेत औंल्याएका छन् । वैद्य पक्षले यसका लागि आवश्यक तयारीसमेत गरिसकेको सूत्रको भनाइ छ । सूत्रका अनुसार वैद्य पक्ष केन्द्रीय कमिटी बैठकमा पार्टी नेतृत्वले साँचो बुझाउने, मधेसी मोर्चासँगको शक्ति बाँडफाँडलगायतका विषयमा कन्भिन्स गर्न नसके वा कमजोरीलाई स्वीकार नगरे बहुमत सदस्यबाट सबै प्रकारका निर्णय फिर्ता लिन बाध्य पार्ने तयारीमा छन् । माओवादीका एक केन्द्रीय नेताका अनुसार आवश्यक परे पार्टी नेतृत्वले सरकारसमेत त्याग्नुपर्ने अवस्था आउनसक्छ । ‘पार्टीबाट हाम्रो (वैद्य पक्षको) सहयोग नरहेपछि प्रधानमन्त्री बाबुराम अल्पमतमा रहने पक्का भएकाले सरकारको नेतृत्वबाट हट्नुपर्ने अवस्था सजिलै आउन सक्छ,’ उनी भन्छन् । स्रोतका अनुसार उनीहरूले पार्टी नेतृत्वलाई अल्पमतमा पार्ने तयारीका साथ आफूनिकट केन्द्रीय सदस्य तथा सभासद्हरूसँग एकपटक औपचारिक छलफलसमेत गरिसकेका छन् । उनीहरूका अनुसार सतासीभन्दा बढी सभासद् र बहुमत केन्द्रीय सदस्य वैद्यका पक्षमा छन् ।
वैद्यनिकट एक केन्द्रीय नेताले दिएको जानकारीअनुसार वैद्य पक्षसँग रहेका केन्द्रीय सदस्यमा मोहन वैद्य, रामबहादुर थापा बादल, सीपी गजुरेल, देव गुरुङ, पम्फा भुसाल, नेत्रविक्रम चन्द, हितमान शाक्य, नारायणप्रसाद पौडेल, हरिभक्त कँडेल, कुलप्रसाद केसी, खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, इन्द्रमोहन सिग्देल, सन्तोष बुढामगर, पूर्णबहादुर घर्ती, श्रीनाथ अधिकारी, सूर्य सुवेदी, जोखबहादुर बुढा, इश्वरी दाहाल, जयपुरी घर्ती, यशोदा सुवेदी, अमृता थापा, मायाप्रसाद शर्मा, सरला रेग्मी, उमा भुजेल, सुरेश आलेमगर, चन्द्रहरि सुवेदी, पवनमान श्रेष्ठ, दिलीप प्रजापति, अनिल विरही, कुमार दाहाल, महेन्द्र पासवान, कृष्णदेव सिंह, पदम राई, सावित्री काफ्ले, दिनेश शर्मा, महेश्वर दाहाल, किसन शर्मा, कृष्णध्वज खड्का, रेखा शर्मा, घनश्याम पौडेल, कृष्ण भुजेल, राम आचार्य आदि रहेका छन् भने इश्वरी भट्टराई, धर्मचन्द्र लावती, हर्कबहादुर शाही, सोनाम साथीलगायत सातजना वैद्यनिकटको भनिए पनि तटस्थ रहेको बताइएको छ ।

राज्य पुनर्संरचनाबारे काङ्ग्रेसले बनायो धारणा
राज्य पुनर्संरचनासम्बन्धी विषयमा चलिरहेको विवादका सन्दर्भमा नेपाली काङ्ग्रेसले आफ्नो धारणा स्पष्ट गर्ने भएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको चालू बैठकमा पार्टीका उपसभापति एवम् संवैधानिक समितिका प्रमुख रामचन्द्र पौडेलले यस सम्बन्धमा एक प्रस्ताव निर्णयार्थ पेस गर्नुभएको छ । सरकारद्वारा विज्ञहरूको एक समिति निर्माण गरी सो समितिको सुझावअनुरूप राज्य पुनर्संरचनाको खाका बनाउने या त्यस निम्ति आयोग बनाएर जाने भनी दलहरूबीच छलफल चलिरहेको सन्दर्भमा नेता पौडेलले उपयुक्त निकास खोज्दै पार्टीमा प्रस्ताव पेस गर्नुभएको हो । पौडेलद्वारा प्रस्तुत प्रस्तावमा बढीमा सातजनासम्म विज्ञ रहेको एक समिति संविधानसभा आफैंले निर्माण गर्ने र उक्त समितिलाई निश्चित समयसीमाभित्र खाका तयार गर्ने कामको जिम्मेवारी दिने व्यवस्था गरिएको छ । यस विषयमा चलिरहेको बहसको स्वरूप हेर्दा अन्ततः काङ्ग्रेसद्वारा प्रस्तुत सुझावअनुसार नै संविधानसभाले निर्णय लिनसक्ने सम्भावना बढी देखिएको छ ।

पति-पत्नी पालैपालो
‘नयाँ नेपाल’मा श्रीमान् र श्रीमतीले पालैपालो मन्त्री बन्न पाउँछन् भन्ने कुराको सन्देश माओवादीले दिएको छ । झलनाथ खनाल नेतृत्वको सरकारमा शान्तिमन्त्री बनाइएका वर्षमान पुन अनन्त पुनर्गठनको क्रममा खोजेजस्तो मन्त्रालय पाउन नसकेर मन्त्रिमण्डलबाट बाहिरिएका थिए । उनले त्यसबेला आफू बाहिरए पनि आफ्नी पत्नी ओनसरी घर्तीलाई खेलकुदमन्त्री बनाउने सफलता पाएका थिए । त्यसबेला पार्टीले खेलकुदमन्त्रीमा ललितपुरका राजकाजी (दिपेश) महर्जनलाई सिफारिस गरेको थियो । तर, प्रचण्डको खास मान्छे बनेका अनन्तले राजकाजीको नाम हटाएर आफ्नी पत्नीलाई मन्त्री बनाउन लगाएका थिए । अहिले डा. बाबुराम भट्टराई प्रधानमन्त्री बन्नुभएपछि पत्नी ओनसरी मन्त्री नबने पनि प्रचण्डको कोटामा अनन्त आफैं अर्थमन्त्री बनेका छन् । कानुन विषयमा ‘प्लस टु’ पास गरेका अनन्तलाई अर्थजस्तो महत्त्वपूर्ण एवम् चुनौतीपूर्ण मन्त्रालयको जिम्मा लगाउनुलाई मुलुकमा सबैले आश्चर्यजनक मानेका छन् । धेरैले वर्षमानबाट अर्थ मन्त्रालय चल्न सक्ने विश्वास गरेका छैनन् । तर, उनी अत्यन्त चतुर र कार्यक्षमता भएका युवा नेतामा गनिन्छन् । त्यसैले उनले कुनै चमत्कार देखाउन नसके पनि अर्थ मन्त्रालयको भारी थाम्न मात्र भए पनि सक्ने अनुमान राजनीतिक वृत्तमा गरिएको छ । अहिले तत्कालचाहिँ वर्षमानलाई अर्थ मन्त्रालयको जिम्मा दिएर माओवादीले मन्त्रालयको प्रतिष्ठा घटाएको ठानिएको छ ।

मोर्चा तोडिएकोमा प्रचण्ड दङ्ग
ललितपुरको धोबीघाट भेलाबाट बनेको मोर्चा तोड्न सफल भएकोमा एकीकृत माओवादी अध्यक्ष प्रचण्ड निकै दङ्ग पर्नुभएको छ । धोबीघाट मोर्चाका कारण पार्टीभित्र आफूलाई कमजोर नेताको रूपमा चित्रण गरिरहनुभएका प्रचण्डले महासचिव रामबहादुर थापा बादलसँग हालै भएको गोप्य भेटमा मुखै खोलेर ‘धोबीघाट गठबन्धनले मलाई निकै समस्या पारेकोले त्यो गठबन्धन तोड्नुको विकल्प थिएन, त्यसैले धेरैखाले सम्झौता गरेको हुँ’ भन्नुभएको थियो । माओवादी उच्च सूत्रका अनुसार प्रचण्डले नयाँ गठबन्धन बनाउनुपर्ने खाँचो औंल्याउँदै महासचिव बादलसँग पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन अर्को नयाँ र प्रभावकारी मोर्चा आवश्यक छ, सबैभन्दा पहिले हामी आफैंमा स्पष्ट हुनु जरुरी छ भन्नुभएको थियो । धोबीघाट भेलाकै कारण बाबुराम प्रधानमन्त्री बनेको प्रसङ्ग उल्लेख गर्दै प्रचण्डले भेलाले नेतृत्वलाई अपाङ्गजस्तै बनाएको र त्यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छविमा नराम्रो धक्का लागेको दुखेसोसमेत गर्नुभएको थियो । ‘धोबीघाट गठबन्धन कायम रहेको भए कुनै पनि बेला आफूमाथि गम्भीर षड्यन्त्र हुने पक्का रहेकोले नचाहेर पनि यसलाई तोड्न भारत र मधेसवादी दलको साथ लिनुपर्‍यो,’ प्रचण्डको भनाइ थियो ।
सुरक्षा, सञ्चारजस्ता मन्त्रालय प्रत्यक्ष रूपमा बाहिरको इसारामा चल्ने मधेसवादी दललाई दिनु मुलुक र पार्टीको हितमा नहुने कुरा आफूले स्पष्ट रूपमा बुझे पनि बाध्य भएर उक्त सम्झौता गर्नुपरेको प्रचण्डको कथन थियो । बादलसँग प्रचण्डले भनेको कुरा उद्धृत गर्दै सूत्रले बताएअनुसार बाबुरामको नेतृत्वमा बनेको सरकार छिमेकी मुलुकको प्रत्यक्ष संलग्नतामा बनेकाले यसबारेमा हामी सबैले गम्भीर भएर सोची सोहीअनुसार लाग्नुपर्छ भन्नुभएको थियो । ‘त्यसैले हामीभित्र देखिएका असमझदारीलाई बाहिर ल्याउनुभन्दा उपयुक्त निकास खोजेर समाधान गर्नेतिर लाग्नुपर्छ नत्र निकै ठूलो समस्या पर्नसक्छ,’ प्रचण्डको भनाइ थियो । अहिलेको गठबन्धनबाट आफू सन्तुष्ट नरहे पनि बाबुरामको चाहना पूरा गर्न यस्तो कदम चालिएको स्पष्ट पारेका थिए । मधेसी मोर्चासँग सम्झौता गर्नका लागि आफूलाई निकै ठूलो दबाब आएको जानकारी गराउँदै प्रचण्डले यो गठबन्धन धेरै दिन टिक्न नसक्ने विभिन्न कारणहरूका बारेमा समेत आफ्नो धारणा राख्नुभएको थियो ।
धोबीघाट भेलामा उपाध्यक्ष वैद्य, बाबुराम, रामबहादुर थापा र नारायणकाजी श्रेष्ठबीचको मोर्चाका कारण अध्यक्ष प्रचण्डले आफ्नो अधिकार कटौती गरी कार्य ? विभाजन गर्नुपरेको थियो । मोर्चा निर्माणमा निकै सक्रिय रहनुभएका बाबुराम प्रधानमन्त्री भएपछि मोर्चाको अस्तित्व नै सङ्कटमा परेको छ ।

गोप्य प्रशिक्षणका गुप्त कुरा
अस्थायी शिविरमा रहेका जनमुक्ति सेनाबाट पार्टी र जनताको हितमा काम हुन नसक्ने भएकाले कुनै वैज्ञानिक उपायबाट यसको अन्त्य गरी नयाँ सुरक्षा दस्ताको तयार गर्नुपर्नेमा उपाध्यक्ष मोहन वैद्य र उनी पक्षधर नेताहरू पुगेका छन् । उनीहरू शिविरमा रहेका जनमुक्ति सेनाको ठूलो सङ्ख्या सेनामा नभई आपराधिक दस्तामा परिणत हुँदै गएको, शिविरमा पार्टी र क्रान्तिलाई बुझ्ने व्यक्ति अत्यन्तै कम रहेको तथा तिनीहरू क्रान्तिमा भन्दा पनि नेपाली सेनामा भर्ती हुन लालयित भएकोले उनीहरूबाट आशा गर्ने ठाउँ नभएको निष्कर्षमा पुगेका हुन् ।
शिविरमा युद्धमा लागेकाभन्दा नलागेकाहरू धेरै रहेका र तिनीहरूले सङ्गठित रूपमा अपराध गरिरहेको वैद्य पक्षको आरोप छ । शिविरमा रहेका भनिएका धेरै लडाकु आपराधिक मानसिकताबाट ग्रसित भएको र तिनीहरूलाई बेलाबखत पार्टी नेतृत्वले साथ दिएकाले शिविरमा रहेका केही इमानदार लडाकु पार्टीबाटै पीडित बनिरहेको उनीहरूको तर्क छ । हतियार रहेको कन्टेनरको साँचो राज्यलाई बुझाएपछि नेतृत्वप्रति निकै आक्रामक बनेको वैद्य र उनी पक्षधर नेताहरू राजधानीमा सोमबार आफूनिकट नेताहरूलाई दिएको एक गोप्य प्रशिक्षणमा उनीहरूले यस्तो कुरा बताएका हुन् । सूत्रका अनुसार प्रशिक्षणमा देव गुरुङ, सीपी गजुरेल, पवनमान श्रेष्ठलगायतका नेता रहेको लडाकुहरूबाट आशा गर्न सकिने ठाउँ अत्यन्तै कम भएकोले हामीले स्वयम्सेवक दस्ता बनाएका छौँ, यसलाई प्रभावकारी बनाउनुको विकल्प छैन भन्नुभएको थियो । ‘कन्टेनरमा रहेका हतियार हाम्रा लागि त्यति महत्त्वपूर्ण छैनन्, त्योभन्दा धेरै हतियार हामीसँग अझै छ, त्यसैले आत्तिनुपर्ने अवस्था छैन । तर, यसलाई कसरी व्यवस्थित र सही तरिकाबाट अघि बढाउने हो भन्ने मात्र हो,’ प्रशिक्षणमा उनीहरूको भनाइ थियो । पार्टीभित्र आफू र आफ्ना पक्षधरलाई शान्तिविरोधी देखाउने षड्यन्त्र भइरहेको भन्दै प्रशिक्षणमा शान्तिप्रक्रियाको व्याख्या सङ्कीर्ण ढङ्गले गर्ने गरिएको जिकिर पनि गरेका थिए । प्रचण्डले भनेको शान्तिप्रक्रिया शिविरमा रहेका लडाकुको समायोजन मात्र नभई द्वन्द्वकालमा माओवादीका सयौँ नेता तथा कार्यकर्तालाई लगाइएको झुटा मुद्दा खारेजी, सहिद परिवारलाई राहत र सम्मान, द्वन्द्वबाट विस्थापितलाई पुनर्स्थापना गर्नु पनि भएकोले आफूहरू त्यहीअनुसार अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्ति गरेका थिए ।
गोप्य भेलामा नेतृत्वको कार्यशैलीलाई तत्काल प्रतिक्रिया दिनका लागि मात्र साँचो बुझाएको विषयलाई लिएर गरिएको एकघन्टे देशव्यापी चक्काजाम र मसाल जुलुस निकालिएको प्रसङ्गमा चक्काजाम र मसाल जुलुसबाट पार्टी नेतृत्वमा निकै ठूलो प्रभाव परेकाले निकै अताल्लिएको दाबीसमेत उनीहरूको थियो । भेलामा ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो भने भदौ मसान्तसम्ममा देशव्यापी प्रशिक्षण गरिने र यस प्रशिक्षणले पार्टीभित्र नयाँ सन्देश जाने विश्वास भेलामा उनीहरूले गरेका थिए । यसैबीच अध्यक्ष प्रचण्ड र उनी पक्षधर नेताहरू पनि आफूनिकट नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिनमा व्यस्त हुने भएका छन् । सोमबार सोह्रखुट्टेको कवर्डहलमा आफूनिकट सयभन्दा बढी नेता तथा कार्यकर्तालाई प्रचण्डनिकट नेताहरूले प्रशिक्षण दिएका थिए । उनीहरूले पनि देशव्यापी प्रशिक्षण अभियान सञ्चालन गर्ने बताएका छन् ।

यसरी रोकिए शरतसिंह
पार्टी फुटाइदिने धम्की दिएर मन्त्री बन्नेहरूको सूचीमा परेका शरतसिंह भण्डारीको चाहना तुहिने सम्भावना बढेको छ । गच्छदारको जस्तै कार्यव्यवहार र सोच भएका भण्डारीले आफ्नो पार्टी फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई पटकपटक भेटी आफूलाई मन्त्री नबनाए पार्टी विभाजन हुनसक्ने भनेर धम्क्याएपछि गच्छदारले भण्डारीको नाम मन्त्रीमा सिफारिस गरेका थिए । शरतसिंह त्यसरी धम्क्याएका भरमा मन्त्री बन्ने भएपछि पार्टीका अन्य नेताहरूले पनि अध्यक्ष गच्छदारलाई भेटी शरतसिंहलाई मन्त्री बनाइए ‘हामी फुटाउँछौँ पार्टी×’ भनी चेतावनी दिएका थिए । फोरमका केन्द्रीय नेताहरू रविन्द्र ठाकुर, रामेश्वर राय यादव, मोहम्मद सिद्दिकीलगायतका नेताले विजय गच्छदारलाई भेटी शरतसिंह भण्डारीलाई मन्त्री नबनाउन सुझाव दिँदै सभासद्हरू नयाँ अनुहारलाई मन्त्रिमण्डलमा सामेल गराउने पक्षमा रहेको जानकारी गराएका थिए । त्यस्तै र्सवदेव ओझा र मृगेन्द्रकुमार यादवले चाहिँ शरतसिंह पटकपटक मन्त्री बन्न मिल्छ भने हामीले पनि बन्न पाउनुपर्छ भन्ने धारणा अध्यक्ष गच्छदारसमक्ष दृढतापूर्वक राखेका थिए । उता जितेन्द्र देवलगायतका नेताहरूले सभासद्बाहेकलाई मन्त्री नबनाउने निर्णयको विरोध गर्दै तीव्र असन्तुष्टि जनाएका छन् । यसरी सबैतिरबाट विरोध भएपछि अध्यक्ष गच्छदारले मन्त्री बनाउन सिफारिस गरेर पनि शरतसिंह भण्डारी र नीलम वर्माको नाम अन्तिम घडीमा घोषणा हुन रोक लगाएको जानकारी प्राप्त भएको छ । गच्छदारको सिफारिसमा परेकी नीमल वर्मामाथि रातो पासपोर्ट दुरुपायेग गरेको आरोप लागेको छ । शरतसिंह यसअघि माधवकुमार नेपाल नेतृत्वको सरकारमा पर्यटनमन्त्री बनेका थिए र पञ्चायतकालदेखि गणतन्त्रसम्मको हरेक कालखण्डमा पटकपटक मन्त्री बन्ने एक मात्र व्यक्तिका रूपमा पनि उनी चिनिन्छन् । मानिसमा हुने बत्तीस गुणमध्ये भण्डारीको तीनवटा मात्र कमजोरी रहेको, बाँकी उनान्तीस गुणले उनी सम्पन्न रहेको भनी भण्डारीका निकटवर्तीहरू टिप्पणी गर्ने गर्दछन्, ‘मदिरा, महिला र नगदको मामिलामा मात्र शरतसिंह कमजोर हुन्, उनका बाँकी सबै पक्ष राम्रा छन् ।’ यसरी ‘तीनवटा मात्र’ कमजोरी रहेका शरतसिंहलाई मन्त्री बनाउन चाहेर पनि विजय गच्छदारले सकेनन् । भण्डारीलाई बलजफ्ती मन्त्री बनाइए फोरम लोकतान्त्रिकमा ठूलै विद्रोह हुनसक्ने र पार्टीमा विभाजन आउने निश्चित भएको छ । यही त्रासका कारण गच्छदारले हाल वकिल मुसलमानलाई मात्र मन्त्रीमा शपथ खुवाएका छन् । वकिल मुसलमान फोरमभित्र ‘राजनीतिलाई व्यापारको रूपमा उपयोग गर्न सक्ने’ व्यक्तिका रूपमा चिनिन्छन् । उनको कार्यकाल लम्बिँदै गएमा नेपालको वन क्षेत्रको सिमाना छोटिँदै जाने अनुमान फोरमभित्रै गर्न थालिएको छ ।
बद्नाम र नालायकहरूलाई मात्र मन्त्री बनाइँदा पार्टीको छवि नकारात्मक हुँदै गएको भन्दै फोरमका नेताहरूले भण्डारी र वर्माको सट्टा नयाँ अनुहारका योग्य व्यक्तिको सिफारिस गर्न अध्यक्षसँग माग गरेका छन् ।

नेताले पुत्रमोह देखाएपछि…
जिम्मेवार नेतालाई सहभागी गराउनुपर्ने बैठकमा मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले आफ्नो छोरालाई सहभागी गराएपछि उनको पार्टीभित्र तीव्र असन्तुष्टि प्रकट भएको छ । अध्यक्ष यादवले एक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुनका लागि पार्टीका जिम्मेवार नेतालाई पठाउनुपर्नेमा आफ्नो छोरा दिपेश यादवलाई साथ लिएर गएपछि उनको पार्टीभित्र असन्तुष्टि बढेको हो । यादवले छोरा दिपेशलाई जापान ग्लोबल पार्टनरसिप नामक संस्थाले जापानमा आयोजना गरेको कार्यक्रममा सहभागी गराउनका लागि आफूसँगै लगेका हुन् । यादवले छोरा दिपेशलाई आफू उपप्रधान तथा परराष्ट्रमन्त्री हँुदा आफ्नो स्वकीय सचिव बनाएका थिए । यादवले परराष्ट्रमन्त्रीका हैसियतमा रसिया, दक्षिण कोरियालगायतका विभिन्न देशको भ्रमणमा समेत छोरा दिपेशलाई साथ लिएर गएका थिए । पार्टी नेतालाई विदेश भ्रमण गर्ने कुनै अवसर आयो भने अन्य नेतालाई मौका नै नदिई यादव आफैं सहभागी हुने र साथमा छोरा वा अन्य आफन्तलाई लैजाने गरेका थिए ।
नेपाल र भारतलगायतका मुलुकका राजनीतिक दलका विशिष्ट नेताहरूको सहभागिता रहने उक्त कार्यक्रममा सहभागी हुनका लागि नेपालबाट गत शनिबार एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी नेता खिमलाल देवकोटा, काङ्ग्रेस नेता डा. रामशरण महत तथा योजना आयोगका पूर्वउपाध्यक्ष दिनेश देवकोटा जापान प्रस्थान गर्नुभएको छ । कार्यक्रममा सहभागी हुनका लागि नेता नेपालले आफू प्रधानमन्त्री हँुदा विदेश विभागका सल्लाहकार रहेका राजन भट्टराई र काङ्ग्रेस नेता महतले सभासद् गगन थापालाई साथ लिएर गएका छन् । कार्यक्रममा विकास साझेदारीसम्बन्धी विभिन्न कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो ।
पार्टीका हरेक निर्णयहरू एकलौटी र मनगढन्ते शैलीमा गर्ने तथा पार्टीमा आएका महत्त्वपूर्ण अवसरहरू एक्लै प्रयोग गर्न खोजेको भन्दै उपेन्द्र यादवको पार्टीका सभासद् तथा पार्टी नेताहरूलाई रुष्ट भएको एक नेताले बताउनुभयो । ती नेताका अनुसार अध्यक्ष यादवको शैलीप्रति विरोध जनाउँदै उनको विकल्पसमेत खोज्ने तयारीमा सभासद् तथा केन्द्रीय नेताहरू रहेका छन् । संविधानसभाको निर्वाचनबाट ५३ सदस्यका साथ चौथो ठूलो दल बनेको फोरम अध्यक्ष यादवको कार्यशैलीप्रति विरोध जनाउँदै विजय गच्छेदारले २८ र जेपी गुप्ताले १३ सभासद् लिएर यादवबाट अलग हुँदै बेग्लै पार्टी नै स्थापना गरेका छन् भने यादवसँग बाँकी १२ सभासद्मध्ये पनि धेरैले पनि उपयुक्त विकल्प खोजिरहेका छन् ।

हृदयेशले गरे अर्को त्याग
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको व्यक्तित्वको जति चर्चा हुन्छ त्योभन्दा बढी यतिबेला उनले सवारीमा प्रयोग गर्ने मुस्ताङ मोटरको चलेको छ । हुन पनि सादा जीवनशैलीका लागि प्रशंसित रहँदैआएका डा. भट्टराईले स्वदेशी उत्पादनको छनोट गरेर मुलुकका पजेरोप्रेमी नेता तथा कर्मचारीतन्त्रका भ्रष्टहरूलाई दर्बिलो ‘झापड’ दिएकै हुन् ।
प्रधानमन्त्रीले सो घोषणा गरेयता मुलुकको रुग्ण आर्थिक अवस्थामाथि विचार गरेर राज्यको खर्चमा मितव्ययिता अपनाउन सुझबुझ पुर्‍याउने वर्तमान परिवेशमा दोस्रा नेता बन्नुभएको छ भट्टराई मन्त्रीमण्डलमा आवास तथा भौतिक र कानून मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुने तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठी । महत्वपूर्ण मन्त्रालयका मन्त्रीका लागि राज्यले उपलब्ध गराउन लागेको महङ्गो र सुविधासम्पन्न सवारी साधनको मोह त्यागेर मन्त्री त्रिपाठीले निजी गाडीबाटै आफ्नो गर्जो टार्ने निर्णय गर्नुभएको छ । उहाँले मन्त्रीका रुपमा सरकारी आवास पनि प्रयोग नगर्ने हुनुभएको छ । आफूले यो निर्णय लोकप्रियता कमाउने या कुनै प्रचारका लागि नभई राष्ट्रको आर्थिक तथा राजनीतिक दुरावस्थाप्रति संवेदनशील भएर नै गरेको उहाँले स्पष्ट पार्नुभएको छ ।

पासवानमाथि अर्को आरोप
कुर्सी याँक्ने, लुगा च्यात्ने र मान्छे फ्याँक्नेसमेत धम्की दिएर चर्चा बटुलेका दलित जनजाति पार्टीका अध्यक्ष एवम् सभासद् विश्वेन्द्र पासवान नक्कली भारुका कारोबारीसमेत रहेको खुलासा भएको छ ।
पार्टी कार्यालयका पियन राजलाल खत्वेसँग गत असारमा छोरी विद्या प्रेमविवाह गरी भागेपछि आफूलाई दलितको मुक्तिदाता तथा समानता र अधिकारका लागि सङ्घर्षरत नेता बताउने पासवानले तल्लो जातको केटाले छोरी भगाएर इज्जत फालिदिएको भन्दै ‘ज्वाइँलाई जहाँ भेटायो, त्यहीँ खलास पार्नू’ भन्ने उर्दी जारी गर्नुका साथै नयाँ ज्वाइँ, ज्वाइँका ठूलोबुबा र दिदीलाई अपहरण मुद्दा लगाएर थुनाएका थिए । उनको सो हर्कत मिडियामार्फ पर्दाफास भएपछि पार्टीले उनलाई पार्टीको बद्नाम गराएको आरोपमा निष्कासन गर्न गत साउन ३१ गते बैठक राखेको थियो । उपाध्यक्ष सीताराम हरिजनको अध्यक्षतामा लाहानमा बसेको उक्त बैठकमा सचिव जगजीवन रामद्वारा २८ बुँदे आरोपसहित हटाउने प्रस्ताव गरेपछि पासवानले होहल्ला गरी गुण्डा बोलाएर बैठक भाँडेको बताइएको छ ।
उक्त २८ बुँदे आरोपपत्रमा प्रतिगामीको पैसा खाएर संविधानसभा बैठक अवरोध गरेको, गणतन्त्र घोषणाको दस्तावेजमा हस्ताक्षर नगरेको, चुनावमा करोडौँ उठाएर उम्मेदवारहरूलाई नदिएको, कतिपय उम्मेदवारलाई नक्कली हजार र पाँच सयका भारतीय नोट बाँडेको, नातेदार उम्मेदवारलाई पैसा दिएको उल्लेख गरिएको छ । पासवानको हातबाट संविधानसभाको चुनावमा नक्कली भारु पाउने उम्मेदवारमा धनुषाका चन्देश्वर दास, रामचन्द्र मण्डल, गंगा महरा, र्सलाहीका राजाराम पासवान, सप्तरीका राम तथा रौतहटका पासवान थरका व्यक्ति रहेको विश्वस्त सूत्रले जनाएको छ ।
आरोपपत्रको छैटौँ बुँदामा उल्लेख छ – संविधानसभाको निर्वाचनका बेला विश्वेन्द्रले निर्वाचन खर्च भनी विभिन्न उद्योगपति तथा दातासँग लाखौँ चन्दा रकम उर्ठाई उम्मेदवारलाई पर्याप्त चुनावखर्च नदिएर चुनाव हार्ने अवस्था सिर्जना गरे । यसैगरी सातौँ, आठौँ र नवौँ बुँदामा लेखिएअनुसार दक्षिण अप्रिmकाबाट पार्टीका नाममा आएको करोडौँ सहयोग, पार्टी र साथीलाई थाहै नदिई पासवानले निजी सम्पत्ति बनाए भने स्विट्जरल्यान्ड र बेल्जियमबाट पार्टीलाई सहयोगस्वरूप दिइएको लाखौँ रकम उनले उतै खाता खोली राखेका छन् । भ्रमण गरेका मित्रराष्ट्रहरूबाट आउने सहयोग र भत्ताबारे पार्टीलाई जानकारी नगराएको आरोपसमेत खेपेका विश्वेन्द्रले सभासद्का रूपमा उनलाई पठाएपछि पार्टीले उनको निजी सचिवका रूपमा केन्द्रीय सदस्य राजकुमार मण्डललाई तोकी पठाएकोमा निजले पाउने मासिक ११ हजार आठ सय सुरुदेखि नै संविधानसभा सचिवालयबाट आफैंले बुझिलिएको सो पार्टीका एक केन्द्रीय सदस्यले दाबी गरे । त्यसैगरी पार्टीलाई आएको सहयोगबाट भक्तपुरमा श्रीमतीको नाममा घर किन्नुका साथै सिराहा मिर्चैया – ५ स्थित पुरानो घरअगाडि रहेको दुई कठ्ठा घडेरी २० लाख रुपैयाँमा किनेको पनि बुझिएको छ । पार्टीका केन्द्रीय सदस्य तेजबहादुर नेपालीलाई आफ्नो रातो पासपोर्ट प्रयोग गराएर स्विट्जरल्यान्ड पुर्‍याएको र त्यसबापत २५ लाख रकम लिएको आरोपसमेत पासवानमाथि छ । नेपाली हाल बेल्जियममा छन् ।
यता, सूत्रद्वारा उद्धृत नक्कली भारु प्राप्त गर्ने उम्मेदवारलाई सम्पर्क गर्दा तत्कालीन धनुषा जिल्ला अध्यक्ष तथा क्षेत्र नं. ६ का उम्मेदवार चन्देश्वर दासले भने, ‘अध्यक्ष विश्वेन्द्रले हजार र पाँच सयका नोटको २० हजार भारुको बण्डल दिएका थिए, तर पछि नक्कली भन्ने थाहा पाएपछि सबै नोट जलाइदिएँ । पछि मैले मलाई त नक्कली नोट पो दिनुभएछ नि नेताजी ! भनी प्रश्न गर्दा यो कुरा कसैलाई नभन्नू, अन्यथा ज्वालासिंह लगाएर मारिदिन्छु भनी धम्क्याए ।’ क्षेत्र नं. १ का उम्मेदवार गंगा महरासँग सम्पर्क गर्दा उनको कथन पनि मिल्दोजुल्दो पाइयो । उनले भने, ‘विश्वेन्द्रजीले मलाई २० हजार आईसीको बण्डल दिनुभएको थियो, तर पछि थाहा लाग्यो, त्यो त नक्कली पो रहेछ, जसमा हजार र पाँच सयका नोट थिए । मैले पछि त्यो उहाँलाई नै फर्काइदिएँ, उहाँले त्यो के गर्नुभयो मलाई थाहा छैन ।’ क्षेत्र नं. ३ का उम्मेदवार रामचन्द्र मण्डलको भनाइ थियो, ‘विश्वेन्द्रले चुनावी खर्च भनी २० हजार भारु दिएका हुन्, साट्न खोज्दा नक्कली ठहरेपछि जलाइदिएँ । यसबारे म अरू बढी केही बोल्न चाहन्नँ ।’
त्यसैगरी तत्कालीन र्सलाही जिल्ला अध्यक्ष तथा क्षेत्र नं. ३ का उम्मेदवार राजाराम पासवानसँग सम्पर्क गर्दा उनले पनि ‘विश्वेन्द्रजीले चुनावखर्च भनेर मलाई हजार र पाँच सयका भारुको मुठो दिनुभएको थियो, तर पछि नक्कली भन्ने थाहा पाएपछि मैले तत्कालै जलाइदिएँ । पछि विश्वेन्द्रलाई के हो नेताजी, नक्कली भारु दिएर मलाई फसाउन खोज्ने ? भन्दा यो कुरा कसैलाई नभन्नू, भने ठीक हुँदैन भनी तर्सरा। त्यस्तै, सप्तरीका राम थरका उम्मेदवारसँग सम्पर्क गरी संवाद गर्दा ‘आफ्ना छोरी – ज्वाइँलाई त मार्न पछि नपर्ने अध्यक्षजीले हामीलाई सीधै मारिदिन्छन्’ भन्दै थप केही बोल्न चाहेनन् । तर, आफ्ना नेता नक्कली भारुको कारोबारी रहेको भने उनले अन्कनाउँदै स्वीकार गरे । यसबारे प्रतिक्रियाका लागि सम्पर्क गर्न खोज्दा सभासद् पासवान सम्पर्कमा आउन सकेनन् ।

गैरआवासीय नेपालीको लगानीमा ग्लोबल क्यापिटल
गैरआवासीय नेपालीले स्वदेशमा आर्जन गरेको सम्पत्तिलाई नेपालका विभिन्न क्षेत्रमा लगानी गरी मातृभूमिको आर्थिक तथा सामाजिक विकास गर्ने उद्देश्यले ‘ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट प्रा. लि.’ नामक कम्पनी स्थापना भएको छ । सुरुवाती पुँजी १ करोड रहेको कम्पनीमा गैरआवासीय नेपालीको मात्र लगानी रहने जानकारी गराइएको छ ।
‘नेपालबाहिर रहेका नेपालीलाई स्वदेशमै लगानीको राम्रो अवसर रहेको अवस्था प्रस्ट्याउन र विश्वलाई नेपाल निकट भविष्यमै छिटो आर्थिक प्रगति हासिल गर्न सक्ने सुरक्षित मुलुक हो भन्ने देखाउन हामीले यसरी पहल गरेको हौँ,’ कम्पनीका संस्थापक अध्यक्ष देवमान हिराचनले बताउनुभयो ।
नेपाल सरकारले हालै खुल्ला गरेको धितोपत्र बजारको क्षेत्र, पर्यटन उद्योग, स्वदेशी उद्योगको चालू पुँजी अभाव, जलविद्युत्, कृषिक्षेत्र, स्वरोजगारको लागि सीप विकासलगायतका क्षेत्रमा ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट कम्पनीले लगानी गर्ने योजना बनाएको छ । नेपालको सन्दर्भमा यस्तो योजना नयाँ र हितकारी भएको कम्पनीका प्रबन्ध ? निर्देशकर् इश्वरमान श्रेष्ठको कथन छ । कम्पनीले नेपालमा घर ? जग्गाको कारोबारमा आएको गिरावाटबाट उब्जेको समस्या, बैकको ऋण चुक्ता गर्न नसकी लिलामी प्रक्रियाउन्मुख ऋण तथा ब्याज चुक्ता गरी बंैकमा राखेको धितोको उचित वैज्ञानिक तथा व्यावहारिक मोल दिई धितो खरिद गर्नेजस्तो अत्यन्त आकर्षक लक्ष्यसमेत राखेको छ ।

दिगो शान्तिको खोजी
विषयगत विज्ञ, प्राज्ञिक व्यक्तित्व तथा सम्बन्धित क्षेत्रमा कार्यरतहरूकाबीच ‘दिगो शान्तिका लागि तेस्रो धारको उपयोग’ विषयक दुईदिने सार्थक बहस सम्पन्न भएको छ । प|mेडरिक इबर्ट स्टिफटुङ ? एर्फइएस) र सेन्टर फर इकोनोमिक एन्ड टेक्निकल स्टडिज ( र्सीइटीएस) को संयुक्त आयोजनामा भएको सो कार्यक्रममा नेपालको शान्तिप्रक्रियाका विभिन्न चरणहरू, त्यसक्रममा अपनाइएका पद्धतिहरू, वर्तमान परिस्थितिलगायत शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउनका लागि गरिनुपर्ने कार्यहरूका बारेका छलफल गरिएको थियो ।
शान्तिप्रक्रियाका क्रममा अपनाउनुपर्ने विभिन्न धारहरूको क्रममा जीविकोपार्जनको कुरा, महिलाको सन्दर्भ, ग्रामीण तहदेखि नै मेलमिलापको नीति, शान्तिका विषयमा शिक्षा सामाजिक अभियान, शान्ति समितिहरूको प्रभावकारिता विषयमा कार्यपत्रहरू प्रस्तुत गरिएका थिए । कार्यक्रममा र्सीइटीइसका अध्यक्ष डा. हरिंशि झा, एर्फइएस प्रमुख देवराज दाहाल, दमननाथ ढुंगाना, स्वामी चन्द्रेश, सिडाका कार्यकारी निर्देशक भरत पोख्रेल, भीम उदास, चाँदनी जोशी, मुक्ति रिजाल, प्रा.आनन्द आदित्य, बबिता बस्नेत, प्रनव पोख्रेल, प्रा.वीरेन्द्रप्रसाद मिश्र, दिनेश त्रिपाठीलगायतका प्रस्तुतिहरू रहेका थिए ।

सिटिजन्स बैंकले लाभांश/बोनस बाँड्ने
आफ्ना ३२ शाखा तथा २९ वटा एटीएमबाट एक लाखभन्दा बढी ग्राहकलाई गुणस्तरीय बैंकिङ सेवा पुर्‍याउँदै आएको सिटिजन्स बैंकले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०६७/६८ मा १३ अर्ब ४७ करोड ८३ लाख ३१ हजार निक्षेप सङ्कलन गरी १२ अर्ब ५१ करोड ४२ लाख ३२ हजार कर्जा प्रवाह गरेको र सोही अवधिभित्र ४० करोड ९० लाख सञ्चालन मुनाफा तथा १९ करोड ८३ लाख खुद नाफा आर्जन गरेकोे सो बैंकले आफ्ना ग्राहकलाई अधिकतम सेवा पुर्‍याउने उद्देश्यले विभिन्न आकर्षक निक्षेप योजना पनि बजारमा ल्याएको छ ।
सिटिजन्स दसैं ? तिहार मुद्दती निक्षेप योजनामा ९० दिनको निक्षेपमा १२ प्रतिशतको ब्याज, मासिक ब्याज भुक्तानीको व्यवस्था गर्नुका साथै कर्मचारी, महिला, बालक, वृद्धलगायत सबै वर्गका लागि आकर्षक ब्याजदर प्रदान गर्ने निक्षेप योजना यस बैंकले अघिसारेको छ भने काठमाडौं उपत्यकाभित्रका १५ तथा उपत्यकाबाहिरका १७ वटा शाखा कार्यालयबाट ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यस बैंकले बचत तथा ऋण सेवालगायत एटीएम, रमिट्यान्स, ड्राफ्ट, टीटी, लकर सुविधा, सन्ध्याकालीन काउन्टर, ३६५ दिने बैंकिङ सेवा, नेपाल टेलिकमको पीएसटीएन, एडीएसएल, पोष्टपेड तथा प्रिपेड मोबाइलको बिल भुक्तानी सेवा र कुनै पनि शाखाबाट रकम झिक्न तथा राख्न सकिने सुविधा पनि प्रदान गरिरहेको प्रमुख प्रशासकीय अधिकृत गणेशराज पोखरेलले जनाएका छन् ।

सेनाद्वारा बम निष्त्रिmय
द्वन्द्वको समयमा सुरक्षाकर्मीलाई लक्षित गरी रूपन्देहीको विष्णुपुरा ? २ स्थित गिर्देवातर्फ जाने चोकको बाटोमुनि विच्छ्याइएको ६० किलोग्रामको बाल्टिन बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्त्रिmय पारेको छ । सो इलाकामा ०६१ साल असोज महिनामा बम विच्छ्याएको जानकारी माओवादीका तत्कालीन सैन्य इन्चार्जले गत साता दिएका थिए । कुनै पनि समयमा विस्फोट भई धनजनको ठूलो क्षति गर्न सक्ने सो शक्तिशाली बमलाई जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम श्री कालीभञ्जन गणको नं. १ फिल्ड गुल्म र श्री भवानी बक्स गणको संयुक्त बम डिस्पोजल टोलीले निष्त्रिmय पारेको सेनाले जनाएको छ ।
यसैबीच सैनिक अनुशासन तथा आचरण उल्लङ्घन गरेको अभियोगमा समरी जनरल सैनिक अदालतले उपसेनानी गौतम चन्द ठकुरीलाई कारबाही गरेको छ । उपसेनानी ठकुरीले गैरसैनिक महेशजंग कार्कीसमेतको सहयोग लिई गत जेठ १५ गते राति ठमेलस्थित होटल ड्रिमहोमबाट अमेरिकी नागरिक जोन रोबर्ट स्क्रम्फलाई बौद्धस्थित हायात होटलको क्यासिनोमा लगी जुवा खेल्न उत्प्रेरित गरेका थिए । उनीमाथि क्षणिक चिनजान भएको विदेशी नागरिकलाई अस्वाभाविक रूपमा फजुल खर्च गराएको, आफ्नो ओहोदाअनुसारको आचरणको पालना नगरी सुव्यवस्था तथा सैनिक अनुशासनविरुद्ध हुने कार्य गरेको र आफ्नो नाममा जारी भएको सैनिक परिचयपत्रको दुरुपयोग हुँदासमेत कुनै खोजखबर नगरी सुरक्षा गर्न नसकेको अभियोग लगाउँदै भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी समरी जनरल सैनिक अदालतले सैनिक सेवाबाट बर्खास्त गर्ने फैसला गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

शरणार्थीको नाममा करोडौँको धन्दा
भुटानी शरणार्थी बनाएर अमेरिकालगायतका तेस्रो मुलुकमा शरणार्थी पुनर्वास गराउने भन्दै शरणार्थी बनाउने गिरोहहरू सक्रिय रहेको पाइएको छ । भुटानी शरणार्थीलाई पुनर्वासमा लैजान थालेसँगै नक्कली कागजपत्र बनाएर भुटानी शरणार्थी भन्दै गैरभुटानीलाई अमेरिकालगायतका देश लैजाने गिरोह दमकमा सक्रिय रहेका हुन् ।
शरणार्थीलाई पुनर्वास गराउँदै आएको अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आईओएम)मा कार्यरत कर्मचारीको संलग्नतामै यो कार्य हुने गरेकोसमेत जनाइएको छ । शरणार्थी बनाएर अमेरिका लगिदिने आश्वासन दिएर एक करोडभन्दा बढी ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेपछि यो रहस्य खुलेको हो ।
काठमाडौंलगायत देशको विभिन्न क्षेत्रका १८ जना व्यक्तिबाट एक करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा दमक १३ की अजिता पौडेललाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी अनुसन्धान थालेको छ ।
शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै रकम उठाएको र त्यो रकमले आफ्नो व्यवहार मिलाएको अजिताले स्वीकार गरेको प्रहरीको भनाइ रहेको छ । आफूले लिएको पैसा फिर्ता गर्ने बताइसकेको तर पनि प्रहरीले आफूलाई नछाडेको हिरासतमा रहेकी पौडेलले बताइन् ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नवीन कार्कीका अनुसार पौडेललाई ठगी मुद्दाका लागि अनुसन्धान सुरु गरिएको र अनुसन्धानका लागि नियन्त्रणमा राखिएको बताए । उनले भने, ‘शरणार्थीसहितका अन्यको पनि संलग्नता देखिएपछि अनुसन्धान अगाडि बढाइएको छ ।’
शरणार्थीको रहनसहन र बसोबासको विषयमा समेत जानकारी दिन पैसा लिएका व्यक्तिहरूलाई एक महिनाभन्दा बढी दमकमा होटलमा राखेकोसमेत अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ रहेको छ ।
यसरी नक्कली शरणार्थी बनाएर गैरशरणार्थी अमेरिकालगायतका देश पुर्‍याउने गिरोह सक्रिय रहेको र अजिता एउटा सदस्य रहेको हुनसक्ने भएकाले अनुसन्धानलाई विशेष रूपमा अघि बढाइएको बताइएको छ ।
अजिताका पर्ूवश्रीमान् शरणार्थी पुनर्स्थापनामा लागेको आईओएममा कार्यरत छन् । त्यस्तै शरणार्थी बनाएर भुटानी नेताहरूले लैजाने गरेकोसमेत पाइएको छ । खुदुनाबारी शिविरका पर्ूवसचिव मनोज राईले विदेशमा रहेकी आफ्नी बहिनीको नाममा अमेरिका पुनर्स्थापना गराएका छन् । बेलडाँगी शरणार्थी शिविरका उपसचिव मनमाया सुब्बा शरणार्थी तेस्रो मुलुक स्थानान्तरणमा शरणार्थी नेतृत्वकै संलग्नता भएको बताउँछिन् ।
भुटानी शरणार्थीलाई पुनर्वास गराउँदै आएको यस संस्थाले पचास हजारभन्दा बढी शरणार्थीलाई अमेरिका, अस्ट्रेलियालगायतको देशमा पुनर्वासका लागि पुर्‍याइसकेको छ ।
-विष्णु सुब्बा

सञ्चारकर्मी सम्मानित
दमक/ ग्रामीण पत्रकारितामा योगदान पुर्‍याएबापत पत्रकार युवराज विवश सम्मानित भएका छन् ।
झापाको गौरादहमा कसार साप्ताहिकले आयोजना गरेको कार्यक्रममा पत्रकारिताको माध्यमबाट गौरादहको विकासका लागि योगदान पुर्‍याएको भन्दै उनलाई सम्मानित गरिएको हो । नेपाल पत्रकार महासङ्घका पर्ूवाञ्चल संयोजक मोहनकाजीले उनलाई सम्मानित गरे । कार्यक्रममा पत्रकार विवशसँगै साहित्यकार विजय हतास र लेखक दुर्गा बास्तोलालाई सम्मान गरिएको थियो ।

पत्रकार पक्राउने सुराकी पत्रकार !
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य मोहनकाजीले पत्रकारलाई प्रक्राउ गर्न आफंै प्रहरीमा उजुरी दिएको रहस्योद्घाटन भएको छ । आचारसंहिताविपरीत काम गरेको भन्दै झापाका एक पत्रकारलाई आफैं प्रहरीमा उजुरी गरेर पक्राउ गराएको प्रमाण फेलापरेको छ ।
पोके व्यापारीबाट सशस्त्र प्रहरीले घुस लिएको भिडियो खिचेर पुलिससँगै ब्ल्याकमेलिङ गरेको भनी सगरमाथा टेलिभिजनका झापा प्रतिनिधि पुजन घिमिरेलाई संयोजक काजीले स्वयम् प्रहरीको गाडीमा बसेर गत साउन १२ गते बिर्तामोडबाट पक्राउ गराएका थिए ।
पत्रकारले आचारसंहिताविपरीत काम गरेमा पत्रकार महासङ्घ वा प्रेस काउन्सिलमार्फ कारबाही गरिनर्ुपर्नेमा पत्रकारका ‘नेता’ मोहनकाजीले घुस खाने पुलिससँगै मिलेर पत्रकार पक्राउ गराएको घटनाप्रति नेपाल प्रेस युनियन केन्द्रीय समितिले आपत्ति जनाएको छ । ‘पत्रकारका विरुद्ध पुलिसको सुराकी बनेर आचारसंहिताअनुसार कारबाही गर्न भन्दै प्रहरीमा उजुरी दिनु मोहनकाजीको पदीय गरिमा र मर्यादाविपरीतको कार्य हो,’ प्रेस युनियनका महासचिव शिव लम्सालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
पत्रकारले गल्ती गरेमा विधान र आचारसंहिताअनुसार कारबाही गर्नुपर्नेमा पुलिसको सुराकी बनेर उजुरी दिने अनि पुलिसको भ्यानमा आफैं आएर पत्रकारलाई गिर्फतार गराई प्रहरी कार्यालय पुर्‍याउने मोहनकाजीको गतिविधि पत्रकारिता पेसा र मर्यादाविपरीत भएको युनियनले ठहर गरेको छ ।
झापाको काँकडभिट्टा बोर्डरमा बसेर तस्करीका सामान निकासी – पैठारीबाट आएको अवैध रकमको कमिसन लाइन खाँदै आएका मोहनकाजीले पत्रकारिता पेसामा भर्खरै प्रवेश गरेका सगरमाथा टीभीका पुजन घिमिरेलाई पुलिससँग पैसा माग्न लगाउन प्रतिदिन दैनिकका कार्यकारी सम्पादक सुव्रत न्यौपाने र एभिन्युज टेलिभिजनका झापा प्रतिनिधि यादव पौडेललाई कारबाही हुनबाट जोगाउन पदको दुरुपयोग गरेका छन् ।
ब्ल्याकमेलिङ काण्डमा नाम मुछिएपछि नेपाल पत्रकार महासङ्घ झापाको अनुशासन समितिले सुव्रत न्यौपाने र यादव पौडेललाई ब्ल्याकमेलिङमा संलग्न भएको आशङ्का गरिएकाले सचेत रहेर काम गर्न निर्देशन दिएको भए पनि काजीले ब्ल्याकमेलिङ काण्डमा संलग्नलाई जोगाउन गतिविधि गरेका थिए । पत्रकार महासङ्घको केन्द्रीय सदस्य भएर पनि आफूआबद्ध भएको महासङ्घको झापा शाखाले र्सवसम्मतिबाट पारित गरी र्सार्वजनिक गरेको अनुशासन समितिको प्रतिनिधिको विरोधमा प्रचारबाजी गरेपछि मोहनकाजी पुलिसको सुराकी हुन् भन्ने पुष्टि भएको झापाका एक अग्रज पत्रकारले बताए ।
पुलिससँग ब्ल्याकमेलिङ गरी अवैधरूपमा पैसा माग्न योजना बनाउने पत्रकार लीला बरालले तस्करीका सामान ओसारप्रसार गर्ने माफियासँग महिनावारी लाइन खाँदै आएका र उनकै योजनामा सुव्रत न्यौपाने र यादव पौडेलले पुजन घिमिरेलाई गलत कार्य गर्न उक्साएर फसाएको पीडितले बताएका छन् ।
विद्युत् प्राधिकरण विराटनगरमा तीन तहको क्लर्क पदका पर्ूवकर्मचारी बरालले प्राधिकरणमा रहँदा बिजुलीका तार चोरी गर्नुका साथै उपकरण गायव पारेपछि उनको जागिर ०४८ सालमा खारेजीमा परेको प्राधिकरण स्रोतले जनाएको छ । आफूलाई वामपन्थी भन्ने तर शाही शासनकालमा जनआन्दोलनसम्बन्धी समाचारको रिपोरि्टङ नगरी शाही मतियारलाई रिझाएर आफ्नो दुनो सोझ्याई बसेका बराललाई तत्कालीन गुप्तचर निकायले महिनावारी रकम दिएर जनआन्दोलन र माओवादी गतिविधिको सुराकी गर्न लगाएको समाचार स्रोतले दाबी गरेको छ ।
शाही सत्तालाई गुन लगाएबापत लीला बराललाई भद्रपुरमा १२ धुर घडेरीसमेत प्राप्त भएको र शाही मतियारबाट एक लाखभन्दा बढी रकम हात पारेकोसमेत स्रोतले जनाएको छ । सधैंजसो पर्दाभित्र बसेर ब्ल्याकमेलिङ गरी तस्कर र पुलिसका हाकिमसँग लाइन खाँदै आएका बराल नेपाल पत्रकार महासङ्घ झापाको अनुशासन समितिको सदस्य बन्न सफल भए पनि समितिको छानबिन प्रतिवेदनमा हस्ताक्षर नगरेर घुसिया पुलिस र तस्कर माफियालाई रिझाउन सफल भएका छन् ।

विद्युत् आयोजनाले दिएको कम्प्युटर हाकिमसँगै सरुवा !
मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना सञ्चालन भएको समयमा लमजुङ जिल्ल्ाामा सरुवा भएर आउने अधिकांश प्रहरी प्रमुखलाई परियोजना र ठेकेदार कम्पनीले कम्प्युटर प्रदान गर्ने गरेको छ । जिल्लामा कार्यालय प्रमुुख फेरिँदा पनि मोबाइल नम्बर नफेरिने चलन रहेकोमा जिल्ला प्रहरी कार्यालयमा भने प्रमुखसँगै कम्प्युटर पनि सरुवा हुने गरेको रहस्य खुलेको छ ।
जिल्ला प्रहरी कार्यालयमा एक दर्जनभन्दा बढी कम्प्युटर भित्रिए तापनि प्रमुख सरुवा भएपछि कम्प्युटरसमेत सँगै लिएर जाने गरेका छन् । प्रमुख सरुवा भएर आएपछि जलविद्युत् आयोजना र विभिन्न सङ्घसस्थासँगै कार्यालयका लागि भन्दै कम्प्युटर माग्ने गरिएको छ । तर, यसरी सहयोगका रूपमा लिइएका कम्प्युटर कार्यालयको रेकर्डमा भने देखिँदैन । प्रमुख भइन्जेल आफैँले चलाउने र सरुवा भएपछि घर वा आफन्तकोमा ती कम्प्युटर पुग्ने गरेका छन् ।
करिब आठ वर्ष लागेर तीन वर्ष अघिमात्र सम्पन्न भएको मध्यमर्स्याङ्दी परियोजनाबाट सञ्चालन भएको समयमा प्रमुख फेरिएपिच्छे प्रहरी कार्यालयमा कम्प्युटर भित्रिएका थिए । यत्तिका धेरै कम्प्युटर कार्यालयमा भित्रिए पनि अहिले जिल्ला प्रहरी कार्यालयमा एउटा पनि काम गर्ने कम्प्युटर नहँुदा वर्षौं पुरानो टाइपराइटरकै भरमा काम गर्नुपरेको छ । जिल्ला प्रहरी कार्यालयप्रमुख सन्दीप भन्डारीले आफू सरुवा भएर जिल्लामा आउँदा कम्प्युटर नभएकोले व्यक्तिगत ल्यापटप र टाइपराइटरबाट काम चलाउँदै आएको र कार्यालयमा अप्ठ्यारो अवस्था रहेको स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालयजस्तो नागरिकसँग बढी सरोकार राख्ने कार्यालयमा दैनिक बज्ने टाइपराइटर आवाजले नयाँ प्रविधिलाई नै व्यङ्ग्य गरेको छ, अहिलेको अवस्थामा पनि कर्मचारीलाई टाइपराइटर चलाऊ भन्नुपर्दा लाज लागेर आउँछ भन्छन् भण्डारी ।
दोब्बर समय अनि तेब्बर लागत लागेको मध्यमर्स्याङ्दी जलविद्युत् परियोजना लमजुङमा सञ्चालन भइरहँदा आकर्षक लाभ लिन पाइने भएकोले प्रहरीप्रमुख मात्र होइन, प्रमुख जिल्ला अधिकारी र परियोजनासँग सरोकार राख्ने कार्यालयप्रमुखहरू लमजुङमा सरुवा भएर आउन मरिहत्ते गर्दथे । – छविलाल बगाले

आन्दोलनको तयारीमा खस – क्षत्री
सरकारले आफूहरूसँग गरेका सम्झौता पूरा नगरे खस ? क्षत्री राष्ट्रिय महासङ्घले नेपालले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । गत साता ६ वटा क्षत्री समाज एकीकरणको घोषणा कार्यक्रममा देशको सबैभन्दा ठूलो जनसङ्ख्या रहेको खस ? क्षत्री समुदायलाई अन्य जातिमा राखेर क्षत्री समुदायलाई पहिचानविहीन बनाउन खोजेको भन्दै उनीहरूले राष्ट्र र राष्ट्रियताको सवालमा आफूहरूले राखेको माग पूरा नभए सशस्त्र आन्दोलन गर्ने चेतावनी दिए । कार्यक्रममा क्षत्री समाज राष्ट्रिय महासङ्घ, क्षत्री समाज तनहुँ, खस ? क्षत्री एकता समाज, क्षत्री समाज र खस ? क्षत्री एकता वार्ता समन्वय समिति मिली खस ? क्षत्री राष्ट्रिय महासङ्घ निर्माण भएको जानकारी दिइएको थियो ।
एकीकरण कार्यक्रममा बोल्दै क्षत्री समाज राष्ट्रिय महासङ्घका निवर्तमान अध्यक्ष कुमार थापाले आफूहरूले राखेका मागसँगै राष्ट्र, राष्ट्रियताका लागि पनि देशभरिका क्षत्री समाज एक भएको ठोकुवा गर्नुभयो । उहाँले क्षत्रीहरूको जातीय पहिचानका साथै सङ्घीयताको नाममा राष्ट्र विखण्डित गर्ने अभियानलाई टाउकोमा कफन बाँधेर लड्नका लागि देशभरका क्षत्रीलाई आह्वान गर्नुभयो । नवगठित खस ? क्षत्री राष्ट्रिय महासङ्घका प्रवक्ता इमानसिंह बस्नेतले जातीय सङ्घीयतासँगै मुलुक विखण्डन हुने ठोकुवा गर्दै राष्ट्र, राष्ट्रियता मुलुकलाई विखण्डनबाट जोगाउन महासङ्घले देशभरका क्षत्रीहरूलाई आन्दोलनमा उतार्ने चेतावनी दिनुभयो ।
नवगठित खस ? क्षत्री राष्ट्रिय महासङ्घमा अध्यक्ष कुमारबहादुर थापालगायत १७ जनाको कार्यसमिति चयन गरेको छ । । – नवीन उप्रेती

धनकुटा काङ्ग्रेस सङ्गठन विस्तारमा
नेपाली काङ्ग्रेस धनकुटा कार्यकर्तालाई वैचारिक रूपमा प्रशिक्षित गराउँदै सहरदेखि गाउँसम्म सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानमा लागेको छ ।
नेपाली काङ्ग्रेस धनकुटाले जिल्ला कार्यसमिति, क्षेत्रीय समिति, गाउँ समिति र भ्रातृ संस्थाहरूका पदाधिकारी तथा सदस्यहरूलाई प्रशिक्षण दिई सहरदेखि गाउँगाउँसम्म पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानमा परिचालित गरेको पार्टी सभापति मनोहरनारायण श्रेष्ठले बताउनुभयो । जिल्ला सदरमुकामा आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा महासमिति सदस्य आनन्दसन्तोषी राई, नेपाली काङ्ग्रेस धनकुटाका प्रशिक्षण विभाग प्रमुख प्राध्यापक गोपालप्रसाद अधिकारी, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ धनकुटाका अध्यक्ष विश्वप्रकाश श्रेष्ठ, सचिव दिनेश अधिकारीले काङ्ग्रेसको नीति तथा कार्यक्रम, पार्टी सङ्गठन र शान्ति र संविधान निर्माणको विषयमा सहभागी काङ्ग्रेसजनलाई प्रशिक्षण दिनुभएको प्रचार विभाग प्रमुख विजयसन्तोषी राईले बताउनुभयो ।
– सरु राई