पुनर्गठनको अन्तिम तयारी

पुनर्गठनको अन्तिम तयारी


प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनको अन्तिम गृहकार्य शुरु गरेको जानकारी मिलेको छ । प्राप्त समाचारअनुसार केपीले यसै साता पुनर्गठन गरिसक्ने योजना बनाएका थिए, चिनियाँ विदेशमन्त्रीको भ्रमणका कारण पुनर्गठन केही पछि सरेको बुझिएको छ । चिनियाँ विदेशमन्त्री वाङ स्वदेश फर्किएलगत्तै पुनर्गठनलाई अन्तिम रूप दिन गृहकार्य शुरु गरिँदै छ ।

पुनर्गठित मन्त्रिमण्डलमा केही नयाँ व्यक्तिहरूलाई सामेल गरिने जानकारी घटना र विचारलाई प्राप्त भएको छ । नयाँ व्यक्तिहरूमा हृदयेश त्रिपाठी, सुरेन्द्र पाण्डे, लीला श्रेष्ठलगायतको चर्चा उच्च तहमा चलेको छ । यस्तै, मन्त्रिमण्डलबाट बिदा पाउनेहरूमा मातृका यादव, गोकर्ण विष्ट, लालबाबु पण्डित, युवराज खतिवडा, चक्रपाणि खनाल, थममाया थापामगर र रघुवीर महासेठको नाम अग्रपङ्क्तिमा रहेको छ ।

सरकारलाई बदनाम र अलोकप्रिय तुल्याउन सर्वाधिक महत्वपूर्ण भूमिका निर्वाह गर्ने अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रिय सभा सदस्यको आफ्नो कार्यकाल माघसम्म रहेकोले त्यस समयसम्म आफूलाई यथावत् राखिदिन अनुनयविनय गरिरहेका छन् । खतिवडाको रुवाबासीको प्रभाव प्रधानमन्त्रीमाथि पऱ्यो भने आगामी पाँच महिनासम्म यिनैलाई व्यहोर्न मुलुक बाध्य हुनेछ ।

मन्त्रिमण्डलमा प्रदीप ज्ञवालीलगायत केहीको विभाग परिवर्तन हुने सम्भावना रहेको छ ।