प्रथम बीबीएचएस फुटबलमा २४ टिम

प्रथम बीबीएचएस फुटबलमा २४ टिम


बाल विकास बोर्डिङ मावि (बीबीबीएचएस) को आयोजनामा प्रथम बीबीबीएचएस अन्तरविद्यालय फुटबल प्रतियोगिता भदौ २५ बुधबारदेखि हुने भएको छ ।

प्रतियोगितामा आयोजकको दुईसहित २४ छात्र टिमको सहभागिता रहने आयोजक बीबीबीएचएसका प्रिन्सिपल महेशकुमार श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगितामा बीबीबीएचएससहित स्केम्स, आश्रम, पञ्चकन्या, श्री बूढानीलकण्ठ, गणेश मावि, फ्युजन एकेडेमी, भ्याली पब्लिक, भद्रकाली, सेन्ट जेभियर्स, टीआईए, ओडिसी इन्टरनेसनल स्कुल, त्रिवेणी सदन, इलिमेन, इडेन ब्रिज एकेडेमी (इबीए), त्रिकोण पब्लिक, विट्स एकेडेमी, थ्री स्टार, काठमाडौं भ्याली, शिशु मिलन, ओम, बीएमसी र ध्रुवताराको सहभागिता रहने छ ।

प्रिन्सिपल श्रेष्ठले विशेषगरी उत्तरभेगीय क्षेत्रमा रहेका विद्यालयका प्रतिभावन खेलाडीको पहिचान गर्ने र विद्यालयबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

प्रतियोगितामा कक्षा १० सम्ममा अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउने प्रावधान छ । भदौं २९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु बूढानीलकण्ठ स्कुलमा खेलाइने छ । प्रतियोगिता बीबीबीएचएसको २५ औं वार्षिकोत्सवमा अवसरमा हुन लागेको हो ।