शौच गर्न गएकी महिला मृत फेला परिन्

शौच गर्न गएकी महिला मृत फेला परिन्


■ नारद कोहार , कपिलवस्तु

कपिलवस्तुको बहादुरगंजमा स्थानीय एक महिलाको शव शंकास्पद अवस्थामा बरामद गरिएको छ ।

कृष्णनगर नगरपालिका ८ बहादुरगंज बस्ने मोतीलाल कलवारकी छोरी ३२ बर्षकी संगीता कलवारको शव घरनजिकको झाडीमा बिहान ७ः३० बजे बरामद गरेको बहादुरगंज ईप्रका इन्चार्ज अभय राउतले जानकारी दिएका छन् ।

बिहान ४-५ बजेतिर शौच गर्न गएको तर धेरै बेरपछि पनि फर्कि नआएकोमा शंका लागेको र खोज्दा मृत अवस्थामा भेटिएको परिवारिक स्रोतले जनाएको छ ।

थप अनुसन्धानका लागि महिलाको शव पोस्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगंजमा पठाइएको छ ।