चिनियाँ विदेशमन्त्रीको राजनैतिक भेटघाट सुरु, दाहाल र देउवासँग भेट्दै

चिनियाँ विदेशमन्त्रीको राजनैतिक भेटघाट सुरु, दाहाल र देउवासँग भेट्दै


तीनदिने नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी आज बिहानैदेखि राजनैतिक भेटघाटमा व्यस्त छन् । उनि स्वदेश फर्किनुअघि राजनीतिक भेटघाटलाई तिब्रता दिएका हुन् ।

विदेशमन्त्री वाङ आज बिहान भक्तपुर दरवार क्षेत्र घमेर फर्किएका छन् । अहिले विदेशमन्त्री वाङ र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच नक्सालस्थित होटल मेरियटमा भेट वार्ता भइरहेको छ । यसका साथै दाहालसँग भेट लगत्तै उनले विपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्ने कार्यक्रम रहेको बुझिएको छ । राजनीतिक भेटघाट सकेर नारायणहिटी दरबार संग्राहलय पुग्ने र त्यसपछि स्वदेश फर्कने विदेशमन्त्री वाङको तालिका रहेको छ ।