मस्कट-काठमाडौं दैनिक उडान भर्दै सलाम एयर

मस्कट-काठमाडौं दैनिक उडान भर्दै सलाम एयर


■ आरके श्रीवास्तव, ओमान

ओमानको वायुसेवा कम्पनी सलाम एयरले अब काठमाडौंसम्म दैनिक उडान भर्ने भएको छ । सलाम एयरले मस्कट-काठमाडौं हप्ताको सातै दिन उडान गर्ने भएको हो । यसअघि उक्त एयरले हप्ताको तीन दिन काठमाडौंको लागि उडान भर्दै आएको थियो ।

सलाम एयरले अब प्रत्येक दिन उडान हुने भएको जानकारी गराउँदै क्लाउड क्रस ट्राभल्स एण्ड टुरिजम एलएलसीका मैनेजिङ डाइरेक्टर एवम् सलाम एयरको टिकेटिङका लागि बिजनेस पार्टनर मुन्नाबाबु परियारले आउँदो सातादेखि उडान गर्नेछ ।

सलामले एक वर्षअगाडि नेपालको लागि उडान सुरु गरेको थियो भने यस अवधिमा ५० हजार यात्रु बोकिसकेको जनाएको छ । नेपालमा सलाम एयरको उडान व्यवस्थापन जीएसए आईएमई ट्राभलले गर्दै आइरहेको छ, जबकि ओमानमा यसको टिकेटको व्यबस्थापन क्लाउड क्रस ट्राभल्स एण्ड टुरिजम एलएलसीले पनि हेर्दै आएको छ । सलाम एयरको निर्णयले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ भने पर्यटक भित्र्याउन सलामले अहम भूमिका खेल्दै आएको छ ।

अहिलेसम्म ओमानबाट धेरै संख्यामा पर्यटक नेपाल भ्रमणका लागि गएको परियारले बताए । सलाम एयरबाट नेपाल गएका एकजना ओमानी पर्यटक सालेह अब्दुल्हा याहा नेपाल एकदमै रमणीय ठाउँ रहेको भन्दै अगामी दिनमा ओमानबाट पर्यटक जाने संख्यामा वृद्धि हुने बताउँछन् । पर्यटकको लागि नेपाल आकर्षणको केन्द्र हो । सलाम एयरको दैनिक उडानले ओमानमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई थप सेवा उपलब्ध हुने परियारले बताए । नेपाल जानको लागि न्यूनतम भाडा लाग्ने गरेको छ ।

मस्कटबाट काठमाडौं जानको लागि सबैभन्दा सस्तो ३९ ओमानी रियाल तिर्नु पर्दछ, जसका लागि क्लाउड क्रस ट्राभल्स एण्ड टुरिजमले टिकट उपलब्ध गराउँदै आएको छ । समयअनुसार भाडादरमा परिवर्तन हुने गरेको छ । यो ट्राभल्सले भिजिट भिसाको लागि पनि सुविधाहरू उपलब्ध गराउँदै आएको जनाएको छ ।