पानमसला उद्योगद्धारा साढे ७ करोड राजश्व चुहावट

पानमसला उद्योगद्धारा साढे ७ करोड राजश्व चुहावट


नेपाल पान मसला उद्योगलाई ७ करोड ५२ लाख रुपैयाँ राजस्व चुहावट गरेको अभियोग लागेको छ । उद्योगले राजस्व चुहावट गरेको आरोपमा राजश्व अनुसन्धान विभागले बाँके जिल्ला अदालतमा मुद्धा समेत दायर गरेको छ ।

विभागका अनुसार बाँके नेपालगञ्ज उपमहानगरपालिक वडा नम्बर १ खजुरा रोडस्थित नेपाल पान मसला उद्योगका प्रोप्राइटर कुतबुद्दिन शेषले राजस्व चुहावट गरेको छ । पानमसला उद्योगको हिसाब किताबमा गडबड देखेपछि विभागले अनुसन्धान थालेको हो ।

विभागका अनुसार उद्योगको खरीद खाता, बिक्री खाता, उत्पादन खाता, अन्तःशुल्क स्टिकरको विवरण, बैङ्क स्टेटमेन्ट, विद्युत खपतको विवरण र उद्योग विभागबाट कच्चा पदार्थ तथा प्याकेजिङ्ग मटेरियल खपत प्रयोग अनुपातको आधारमा छानवीन तथा अनुसन्धान गर्दा कच्चा पदार्थको हिसाब किताब, लेखा लापरवाही तथा त्रुटिपूर्ण तरिकाले राखेको पाइएको छ ।

उद्योगले प्रचलित कानून बमोजिम कच्चा पदार्थ एवम प्याकेजिङ्ग मटेरियलको खपत र सोबाट हुने उत्पादनको हिसाब उद्योग विभागबाट प्राप्त भएको नम्र्स अनुसार नराखी बढी गुट्खा उत्पादन गरी स्टिकर नलगाएर बिक्री वितरण गरेको ठहर विभागको छ ।