डोरियन आँधीबाट बहमास भग्नावशेषमा परिणत

डोरियन आँधीबाट बहमास भग्नावशेषमा परिणत


संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन आँधीले बहमासलाई तहसनहस बनाएको छ । स्थानीयवासीहरु भग्नावशेषका बीचमा जनजीवनलाई सामान्य तुल्याउन सङ्घर्षरत रहेका एएफपीले जनाएको छ ।

समुद्रको छाल र भीषण वर्षासहित केही दिनअघि आएको डोरियन आँधीले अस्तव्यस्त तुल्याएको यहाँको जनजीवन अझै पनि असामान्य रहेको छ ।

बहमास द्वीपका जनताका लागि यो आँधी “इतिहासकै दुःखान्त”को संज्ञा दिइएको डोरियन अमेरिकाको पूर्वी तटीय इलाकासहित हाल पूर्वी क्यानडामा केन्द्रित भएको छ । त्यहाँ पनि आँधीले ठूलै क्षति गरेको छ । बहमासका स्वास्थ्यमन्त्री ड्वाने सनड्सले डोरियन आँधीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४४ पुगेको पुष्टि गरेका छन् ।

यसअघि यस आँधीको प्रकोपबाट ३० जनाको मृत्यु भएको अमेरिकी टेलिभिजन सिएनएनले जनाएको थियो । आँधीबाट लाखौँ मानिस प्रभावित भएका छन् ।