बाबाका राजेन्द्रलाई भारतमा अवार्ड

बाबाका राजेन्द्रलाई भारतमा अवार्ड


  • राजन घिमिरे

विगत १० वर्षदेखि शैक्षिक क्षेत्रमा सक्रिय बाबा एजुकेशन कन्सल्टेन्सीका नेपाल निर्देशक राजेन्द्रकुमार शर्मा ‘नेशनल एक्सिलेन्स अवार्ड २०१९’बाट सम्मानित भएका छन् । राजेन्द्रलाई सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान पु¥याएवापत भारतको इन्दोरमा आयोजित एक समारोहबीच सम्मान गरिएको थियो । बाबा ऐजुकेसनका शर्मा लामो समयदेखि शैक्षिक र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणाले बाबा ऐजुकेसन कन्सल्टेन्सीका नेपाल प्रमुख शर्मालाई अवार्ड प्रदान गरेकी थिइन् ।

बाबा एजुकेशनले अहिले काठमाडौको न्यूरोड, भक्तपुरको सुर्यबिनायक, पोखराको चिप्लेढुंगा, इटहरी र अष्ट्रेलियाको सिड्नीबाट शैक्षिक परामर्श प्रदान गर्नुका साथै सामाजिक क्षेत्रमा आफ्नो उपस्थिति जनाइरहेको शर्माले जानकारी दिए ।

भारतीय संस्था अल्मा आयोजक रहेको यो अवार्ड कार्यक्रममा नेपाल, भारत, बेलायत, अमेरिका, भूटान, श्रीलंका र बंगलादेशलगायत मूलुकहरूको सहभागिता थियो । अल्माको यो २०औँ अवार्ड कार्यक्रम हो ।