‘साग’को लोगो र मस्कट मनास्लु पुऱ्याइने

‘साग’को लोगो र मस्कट मनास्लु पुऱ्याइने


नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग)को लोगो र मस्कट अंकित व्यानर ‘किलर माउन्टेन’ का परिचित मानास्लु हिमालको चुचुरोमा पुऱ्याइने भएको छ ।

आरोही प्रकाशराज पाण्डेले उक्त ब्यानर ८ हजार १ सय ६३ मिटर उचाईको हिमाल मनास्लुको चुचुरोमा लान लागेका हुन् । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले सफलताको शुभकामना दिँदै ब्यानर प्रकाशलाई हस्तान्तरण गरे । मनास्लुको चुचुरोमा पुऱ्याएको ब्यानरलाई सागको उदघाटन समारोहमा हस्तान्तरण गर्ने प्रकाशले जानकारी दिए ।

सेप्टेम्बर तेश्रो साता प्रकाश मनास्लु आरोहण गर्ने तयारीमा छन् । रामेछाप निवासी २८ वर्षीय प्रकाशले विश्वको सर्वोच्च शिखर सगरमाथा, अमादब्लम र आईल्यान्ड पिकको १–१ पटक सफल आरोहण गरिसकेका छन् । उनले बडेन पावेल स्काउट पिकको पनि दुई पटक सफल आरोहण गरिसकेका छन् ।