संसदीय समितिको निश्कर्ष : ‘वाइबडी खरिदमा प्रक्रियागत त्रुटि भएकै हो’

संसदीय समितिको निश्कर्ष : ‘वाइबडी खरिदमा प्रक्रियागत त्रुटि भएकै हो’


नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए ३३० खरीदमा प्रक्रियागत त्रुटि रहेको निश्कर्ष निस्किएको छ । प्रतिनिधिसभा, अन्तराष्ट्रिय सम्बन्ध समितिले
करीव १० महिना लगाएर तयार पारेको छानविन प्रतिवेदनले जहाज खरीदमा प्रक्रियागत त्रुटी औंल्याएको हो ।

प्रतिवेदनमा समितिले नयाँ जहाज आए पनि त्यसबाट निगमले आगामी दिनमा पाउनुपर्ने लाभहरु भने गुमाउनु परेको विषयलाई प्राथमिकता दिएका छन् । समितिले महालेखा परीक्षकको कार्यालयले ल्याएको वाइडवडीसम्बन्धी लेखापरीक्षणलाई समेत अपुरो भनेको ठहर गरेको छ ।

समितिले सार्वजनिक खरिद ऐन–नियमावली अन्तर्राष्ट्रिय स्तरको भए पनि त्यसको परिपालना ठीक ढंगले हुन नसकेका कारण प्रक्रियागत त्रुटि वाइडबडी खरिदमा भेटिएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको ७ मंसिर २०७५ को बैठकले वाइडबडी जहाज खरिद सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको थियो । उपसमितिलाई शुरुमा एक महिना दिइएको थियो । तर, उपसमितिले वाइडबडी मात्र नभई अन्य जहाजको समेत खरिद प्रक्रिया केलाएका कारण ४ पटक म्याद थपिएको थियो । अन्तिम पटक २४ चैत २०७५ मा १ महिना थप गरी उपसमितिलाई काम गर्न दिइएको थियो ।

यता, समितिले कसैलाई दोषी किटानी भने गरेको छैन । समितिले खरिद प्रक्रियामा भएका त्रुटि औल्याएर त्यससम्बन्धमा थप छानविन गर्न सरोकारवाला निकायलाई सिफारिस गरेको छ ।